जनवरी ०१,लुभेन ।
बेल्जियममा ३६ औँ राष्ट्रिय मेलमिलाप दिवस तथा अँग्रेजी नयाँ वर्ष २०१३ को उपलक्षमा विशेष चियापान तथा अन्तरकृयात्मक शुभकामना आदान(प्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला मुलुकको राष्ट्रियता खतरामा परेको औँल्याउँदै २०३३ साल पुष १६ गते ८ वर्षको भारत प्रवाश त्यागेर स्वदेश प्रवेश गरेको दिनलाइ नेपाली काँग्रेसले विभिन्न कार्यक्रमहरूको आयोजना गरि मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । काँग्रेसको त्यो परम्परालाइ बेल्जियममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा बिपी प्रतिष्ठान का सदस्य इन्द्र क्षेत्रीले बिगत तीन वर्ष देखि निरन्तरता दिँदै आउनुभएको छ ।
गैरआवासीय नेपाली सँघ अन्तरराष्ट्रिय समितिका सदस्य रविन्द्रमान श्रेष्ठले लोकतन्त्रमा सबैभन्दा ठूलो हक शिक्षाको हक भएको औँल्याउँदै शिक्षाले नागरिकमा ज्ञान र विवेकको अभिवृद्धि हुने,ज्ञान र विवेकले चेतना बढाउने,चेतनाले जागरण ल्याउने,जागरणले बिकाशमा टेवा पु(याउने,विकाशले सम्वृद्धि ल्याउने र समृद्ध समाज सधैँ नम्र र मिलनसार हुने हुँदा आजको दिनले हामी सबैमा एउटा नयाँ उर्जा पैदा गरोस भन्नु भयो । त्यसै गरि गैर आवासीय नेपाली सँघ बेल्जियमका अध्यक्ष जानकी गुरूँगले बिपी कोइराला र सुवर्ण समशेरको निकटमा रहेर आफ्नो परिवार सकृय रहेको र त्यहि पारिवारीक वातावरणले आफुलाइ नेपाली काँग्रेस प्रति आवद्ध तुल्याएको स्मरण गर्नु भयो एनआरएन बेल्जियममा आर्थिक अपचलन भएको भन्ने भ्रमपूर्ण समाचारको खण्डन गर्दै गैरआवासीय नेपाली सँघका उपाध्यक्ष बोधराज पौडेलले गत डिसेम्बर २३ तारीखका दिन सम्पन्न भएको साधारण सभाबाट अनुमोदन भएको आयव्यय विवरण प्रस्तूत गर्दै चाहेको बेला २४ सै घण्टा सो प्रतिवेदन जोकोहीलाइ उपलव्ध गराउन सकिने बताउँदै यस्ता भ्रामक समाचार र केहि ब्यक्तिका अहँकार पूर्ण कृयाकलापले गर्दा नेपाली समाजमा मेलमिलापको सट्टा तिक्तता पैदा भएको छ भन्नुभयो । त्यसै गरि एनआरएन बेल्जियमका महासचिव शिव बरूवालले बिपी तथा मदन भण्डारी जस्ता नेताहरूबाट सिक्न सके सँकटग्रस्त देश र समाजले निकाश पाउने बताउनु भयो ।
एनडीएफ बेल्जियमका महासचिव गोपाल सिँखडाले विभिन्न पक्षहरूमा मात्र नभै सबै सँगठनहरूमा पनि आन्तरिक मेलमिलाप कायम हुनुपर्नेमा जोड दिनुभयो । जनप्रगतिशील मोर्चाका बदन योङहाङले नेपाली दुतावासको नेपाली सँघरसँस्थाहरू प्रतिको पक्षपातपूर्ण व्यवहारको चर्चा गर्दै यस्तो व्यवहारले नेपाली समाजमा मेलमिलाप कायम गर्नुको सट्टा उल्टो बिभाजन ल्याउनेमा सतर्क पार्नु भयो । कार्यक्रमका अन्य वक्ताहरूमा व्यवसायी सँघका अध्यक्ष हरी थपलिया,तमुसमाज बेल्जियमका महासचिव खुशीमान गुरूँग,युरो नेपाल खेलकुद सँघका अध्यक्ष किसान केसी,समाजसेवी पुष्पराज अधिकारी,एनआरएन् बेल्जियमका सल्लाहकार युवराज गुरूँग,पत्रकार महासँघ युरोपका सदस्य दीपक ज्योति पौडेल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा विश्व साइकल यात्री सौरभ दहाललाइ सम्मान गरिनुको साथै उहाँको ५५ देशको भ्रमणबारे निर्मित वृत्तचित्र प्रदर्शन गरिएको थियो । उहाँलाइ उपस्थित बिभिन्न महानुभावहरूले सम्मान स्वरूप आर्थिक सहयोग समेत गरेका थिए ।
No comments:
Post a Comment