शालीकराम आचार्य, ओमान
ओमानको राजधानी मस्कटको वादी अल–कविर स्थीत रानीसेन्न कम्पनीको ताउस सर्र्भेसमा काम गर्दै आएका अर्घाखाँची जील्ला गाउँ बिकास समिती धारापानी ओडा नं.३ बांस्कोट निवासी बेद बहादुर घर्ती मगरका छोरा २५ बर्षीय केश बहादुर घर्ती मगरको प्राथीव सरिर स्वदेश फर्केकोछ । बैदेशिक रोजगारको सिल सिलामा ओमानको राजधानी मस्कट पुगेका केश बहादुर घर्ती मगर को गत १९ दिसेम्वर २०१२ का दिन हृदयघात द्धारा असामाहिक मृत्यू भयको हो । मृत्यू भयका ११ एघारौं दिन ३० दिसेम्वर २०१२ उन लाई कम्पनीका कर्मचारी नवलपरासी का प्रदीप ढकाल मार्फत दिवंगत का परिवार लाई बुजाएको हो । मस्कट स्थीत कोलाह अस्पतालका डाक्टरले हृदयघात द्धारा उनको मृत्यू भयको रिर्पोट को साथै रोयल ओमान पुलिसले पनि आफ्नो छानबिन मा केहि नपायको रीपोर्ट २ दिनमै बुजाय ता पनि नेपाली दुतावास साउदीका पदाधिकारी हरुले ओमानका नेपालीहरु र ओमानका घटनाहरु लाई चाँसो नदिएको ले शव नेपाल फर्काउने प्रक्रिया ढिलो भएको जानकारी कम्पनीले दिएको छ । मृतक केश बहादुर को मासीक तलव लगाएत सबै हर हिसाव गरी सबै रकम दिवंन्गतका बावु वेद बहादुर घर्ती मगरको खाता राष्ट्रिय वाणिज्यबैंक अर्घाखाँची पठाएको छ तथा विमाको प्रक्रिया पुरा भएपछी विमाको रकम चाँडो भन्दा चाँडो पिडितको को परीवार लाई पठाउने जानकारी कम्पनीले दिएको छ ।
No comments:
Post a Comment