घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा ।
एमाओबादीका राष्ट्रिय महाधिबेशन आयोजक समितिका सदस्य एवं कास्की संयोजक झलपाणि तिवारीले श्रम बेच्ने मुलुक संसारमा कतै सम्पन्नशाली बन्न नसक्ने बताउनु भएको छ । तिवारीले नेपालमा अथाह स्रोत साधन हुदा हुदै पनि नेपालले आफ्नो उत्पादन बेच्नुपर्ने अबस्थामा श्रम शक्ति बेच्नु पर्दा अधिकांश नेपाली विदेशी उत्पादनको उपभोक्ता मात्रै भएको बताउनु भयो ।
आज उपभोक्ता सहकारी संघ, कास्कीको चौथो अधिवेशन आज पोखरामा उदघाटन गर्दे तिवारीले सो कुरा बताउनु भएको हो । सरकारले संचालनमा ल्याएको उपभोक्ता सहकारीले गाँउ गाँउका नागरिक लाई सहकारी शिक्षा प्रदान गरेको भन्दै यसलाई ब्यबस्थित बनाउन सके नेपालमा उपभोक्ता सहकारीले गरीवी निवारणमा इट्टा थप्ने बताउनु भयो । उहाँले उपभोक्ता सहकारी संगै उत्पादन सहकारी अगाडि बढाउनु पर्नेमा पनि जोड दिनु भएको छ ।
सहकारी डिभिजन तथा प्रशिक्षण कार्यलय पोखराका प्राचार्य नारायण प्रसाद अर्यालले विश्वको इतिहासमा सहकारी शुरुवात उपभोक्ता सहकारी बाटै शुरु भएको बताउनु भयो ।
उहाँले कास्कीमा ३४ वटा सहकारी रहेको जानकारी दिदै कास्कीमा झण्डै १८ सय सदस्य उपभोक्ता सहकारीमा आवद्ध रहेको बताउनु भयो ।
उहाँले समुदायको हितको लागी गरिने ब्यबसायनै सहकारी भएको बताउनु भयो ।
उपभोक्ता सहकारी संघ कास्की अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने उपभोक्ता सहकारीकर्मीहरुले विउ पुँजी १ लाख सरकारले दिइए पनि आफुहरुले करौडौ लगानी गर्ने ब्यपारीहरु संग प्रतिस्पर्धा गर्नु पर्ने भन्दै कतिपयले उपभोक्ता सहकारीलाई राज्यले १ लाख दिइएको तर उपभोक्ता सहकारीहरुले राम्रो काम गरेनन् भन्नु सहकारीको मर्म नबुझनु रहेको बताएका छन् ।
कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद बरालले गर्नु भएको थियो ।
यसै विच आज भएको चौथो अधिबेशनले हरि लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सघको उपाध्यक्ष कृष्ण बराल ,राष्टिय प्रतिनिधि रामजी बराल जीवन ,सचिव छवि लामीछाने , कोषाध्यक्ष भोजराज भुजेल ,सहसचीव मदन प्रसाद अधिकारी
सदस्यहरुमा गोपाल पोखरेल, चीत्रा सुवेदी ,सूचना अधिकारी जनकराज पराजुली
लेखा समिति सयोंजक श्रीराम सुवेदी ,सदस्य सत्य राज सुवेदी ,लेखुराम खाती
सल्लाहकार निर्बतमान अध्यक्ष ,युवराज पराजुली ,झलकपाणि तीवारी ,सालिक राम पौडेल रहनु भएको छ ।
No comments:
Post a Comment