Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 14, 2013

केपीको बोलीमा गोली खनाल निसानामा नेपाललाई फाइदा


काठमाडौ फागुन ३– धोकाधडिको अर्को नाम अर्थात केपी ओलीले आफ्नो बोलीले दुनियाँ झुक्याउने गरेको घटना नौलो होईन तर उनले पछिल्ला दिनमा थाङ्नामा सुताएका व्यक्ति भने उपल्लै स्तरका छन् । मदनभण्डारी पछि एमालेलाई आफ्नै विर्ता बनाएका माधवकुमार नेपाललाई आफ्नै विर्ता बनाएका माधबकुमार नेपाललाई अव भने सधैँका लागि किनारा लगाउनु पर्छ भन्दै झलनाथ खनालसँग मिल्न पुगेका केपी ओलीले अन्तत: झलनाथलाई नै वढार्ने नेपालको योजनालाई साथ दिएका छन् ।
 शक्तीमा पुगेपछि र नेतृत्व सम्हालेपछि आफ्नो संगठन अझ वलियो बनाउने अन्य नेताहरुको भन्दा विपरित परिस्थिती भोग्न वाध्य झलनाथ अहिले पार्टी अध्यक्ष भएपनि सबैभन्दा निरिह र कमजोर नेताका रुपमा चिनिन्छन् । केपीवाट धोका पाएका झलनाथ आजभोली आफ्ना निकटस्थहरुसँग ओलीको वोली पत्याउँदा गोली लाग्यो भन्दै गुनासो गर्ने गरेको स्रोत बताउँछ ।
केन्द्रमा झलनाथ र केपी ओलीवीच मोर्चा बनेकोचर्चा चलिरहेकाबेला उता सल्यान, डोटी, दाङ नवलपरासी काभ्रे चितवन मकवानपुर संखुवासभा लगाएतका जिल्लामा भने केपी र नेपालको गुटवीच तालमेल भएको छ । यो तालमेलले झलनाथ खनाल पक्षधरलाई जिल्ला नेतृत्वमा खुट्टा टेक्न दिएको छैनन् । यी जिल्लाहरुका अधिवेसनवाट व्यवहारीक रुपमा नै केपीसँग आफ्नो आन्द्रो जोडिएको प्रमाणित गरिसकेका नेपालले आफ्ना कार्यकर्ताहरुलाई अन्य जिल्लावाट पनि झलनाथलाई पक्तासाफ गर्ने चेतोवनी दिएका छन् ।

No comments: