Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 14, 2013

अमेरिकन राजदूत तथा एन आर एन ,अमेरिकाका अधक्ष्य बीच भेट


विजय थापा 
भर्जिनिया ,,२०६९ ,फागुन २ गते ,एन आर एन एन सी सी ,अमेरिकाका (गै आ स ,रा स स ,)अधक्ष्य प्रहलाद केसीले नेपालका लागि अमेरिकाका महामहिम राजदूत पिटर डब्लु बोड संग काठमाडौँ स्थित अमेरिकनराजदूताबासमा भेट गरि एन आर एन अमेरिका सम्बन्धि छलफल गर्नु भएको छ l एन आर एन अमेरिकाका अधक्ष्य केसी बिबिध योजनाका साथ नेपाल पुगेको अवसरमा उक्त भेटघाट गरिएको जानकारी दिएका छन् l  एन आर एन अमेरिका तथा अमेरिकामा बस्नु हुने प्रवासी नेपालीहरुको तर्फबाट लगानी कर्ताहरुको लगानी कसरि सुरक्षित गर्न सकिन्छ र आगामी दिनमा थप लगानी गर्न सकिने वातावरण कसरि बनाउने  भन्ने बिषयमा छलफल गरेको ,नेपालीहरु नेपाली-अमेरिकन भै सकेको अवस्थामा नेपाली अमेरिकनहरुको लगानी सहि स्थानमा पुग्न सकोस भन्ने उदेश्य सहित महामहिम राजदूतसंग कुरा राखेको जानकारी केसीले दिए  l

अमेरिकन दूताबासले कसरि सहयोग गर्न सक्दछ र दूताबासले खेल्नु पर्ने भूमिकामा सहयोग गर्ने बचन बद्दता महामहिम राजदूत पिटर डब्लु बोडले दिएको केसीले जनाए lउक्त भेटघाटमा यु एस एड (  अन्तरराष्ट्रिय विकासको लागि अमेरिकन संस्था ) योजनाका निर्देशक डेविड सी एटबेरी तथा उप राजनैतिक तथा आर्थिक क्षेत्र हेर्ने सुसान वाल्कको पनि उपस्थिति रहेको थियो l एन आर एन अन्तर राष्ट्रिय समन्वय समितिले आब्हान गरेको जल बिद्युत क्षेत्रमा बिशाल लगानी गर्ने लक्ष्यलाई एन आर एन अमेरिकाले सहयोग गर्ने उदेश्य लिएको केसीले बताए l आउदो मे २५ तारिख लस एन्जेलसमा हुने एन आर एन अमेरिकाको अधिवेशनमा अतिथिको रुपमा सहभागी हुन् महामहिम राजदूत पिटर डब्लु बोड लाई निमंत्रना दिदै मौखिक आग्रह गरेको अधक्ष्य केसीले जनाएका छन् l लगानीको सुरक्षा ,दोहोरो नागरिकता आदि ईत्यादी कुरालाई उच्च प्राथमिकतमा राख्दै र अन्य बिषयमा केसीले राजधानीमा नेपाल उद्योग बाणिज्य संघका कार्यबाहक अधक्ष्य लोक मान गोल्छा ,उपाधक्ष्य राजेन्द्र श्रेष्ठ तथा अन्य पदाधिकारीहरुसंग पनि भेटघाट गरेको जानकारी गराएका छन् l भेटघाट कै क्रममा उप प्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि नारायण काजी श्रेष्ठ ,एन आर एन अन्तरराष्ट्रिय समन्वय समितिका संरक्षक राम थापा ,एन आर एन ,एन सी सी बेलायतका अधक्ष्य कुल आचार्य ,नेपाल सरकार बिशिस्ट व्यक्ति राधेश पन्त ,प्रधान मन्त्रीका सह-सचिब लाल शंकर घिमिरे, शहरी विकास मन्त्रालयका कार्यकारी निर्देशक डा सुमित्रा अमात्य आदिहरुसंग पनि यहि बिषयमा आफुले जानकारी गराएको अधक्ष्य केसीले बताएका छन् l 





No comments: