गणेश ओली
दाङ, ३ फागुन । गत माघ २६ गते नारायणपुरको झारबैरामा विष खाएर मरेको कुकुर खाँदा घाइते ११ वटा गिद्ध उपचार पछि जंगलमा छाडिएको छ । नेपाल सरकारको प्राकृतिका दुर्लभ वन्यजन्तु एवं पंक्षीलाई प्रकृतिमै पुर्नस्थापित गर्ने नीति अनुसार ति गिद्धहरु जंगलमा छाडिएको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।
गएको २६ गते घाइते अवस्थामा फेला परेका ९ वटा हिमाली प्रजातिका र २ वटा डंगर गिद्धलाई उपचार गरि विभिन्न समयमा प्रकृतिमै पुर्नस्थापित गरिएको छ । गिद्धको उपचार नेपाल पंक्षी संरक्षण संघ नेपालका डाक्टरहरुले गरेका थिए । रावतले घाइते मध्ये ५ वटालाई प्राथमिक उपचार गरि सोही दिन र ३ वटालाई केही दिन पहिले तथा तीन वटालाई विहिवार छाडिएको वताउनुभयो । विहिवार हेमन्तपुरमा एक कार्यक्रमको आयोजना गरि सवै गिद्धलाई छाडिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता एवं हेमन्तपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खडकबहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा वोल्ने वक्ताहरुले जथाभावी विषको प्रयोग गर्दा प्राकृतिक पशुपंक्षी र मानिसमा पनि असर पर्ने भएकाले यस्तो कार्य रोक्नु पर्ने बताएका थिए ।
No comments:
Post a Comment