Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 14, 2013

महिला हिंसा अन्त्यको माग गर्दै बुटवलमा प्रदर्शन


बुटवल ३ फागुन
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यको माग गर्दै अधिकारकर्मीहरुले  आज बुटवलमा प्रदर्शन गरेका छन ।उर्लदो सय करोड अभियान अन्तर्गत अधिकारकर्मी, विद्यार्थी ,नागरीक समाज, बुद्धिजिबी  लगायत विभिन्न क्षेत्रका  महिला तथा पुरुषहरुले  महिला हिंसा अन्त्य गरौ’ भन्ने आवाज चर्काउदैं प्रदर्शन गरेका हुन । 
सञ्चारिका समूह लुम्बिनी, नागरिक सचेतना सञ्जाल रुपन्देही, मानब अधिकारका लागि एकल महिला समुह, दलित महिला संघ , कम अन युथ स्टयाण्ड अप बुटवल , रेडियो मुक्ती लगायत  एक दर्जन बढी संघ संस्थाद्धारा आयोजित सो ¥यालीका सहभागीले महिला हिंसा अन्त्य गरौ, घरेलु हिंसा बन्द गरौ जस्ता नारा लगाउदै  हिंसा अन्त्य गर्न कानुन ल्याउन माग गरेका थिए ।
महिला हिंसा अन्त्य सुनिश्चित हुनुपर्ने माग गर्दै बुटवलको राजमार्ग चौराहबाट सुरु भएको सो ¥याली मिलनचोक, इट्टाभटटा, बसपार्क, अमरपथ लगायत  सहरका विभिन्न स्थान परिक्रमा गर्दै बिश्वहिन्दु महासंघको हलमा गएर सभामा परिणत भएको थियो । सभालाइ सम्बोधन गर्दै बक्ताहरुले महिला हिंसाको अन्यका लागि सबै सरोकारवालाहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका थिय । उनिहरुले महिला अधिकारको सुनिश्चितता गर्न माग गर्दै हिंसाका घटनामा संलग्नलाइ  कडा कारबाही गर्न सरकारसंग माग गरे । सभामा बिश्व हिंन्दु महासंघका उपाध्यक्ष गणेशमान  सैजु, नागरीक सचेतना सञ्जालका संयोजक डिबि खाती,एकल महिला समुहका रीता सेन , कम अन युथ स्टयाण्ड अप बुटवलका संयोजक नबिन पन्त, रेडियो मुक्तिका दिपु ज्ञवाली लगायले बोल्दै प्रणय दिवसको अवसर पारेर गरिएको कार्यक्रममा एकअर्कालाई माया र सद्भाव बाडौं भन्दै  डेढ सय बढी महिला तथा पुरुषले भाग लिएका थिए । 

No comments: