सुनिता अधिकारी
पाल्पा,३ फागुन
पाल्पा बहुमुखी क्याम्पस स्नातक दोस्रो वर्षका शिक्षा तथा व्यवस्थापन संकायका विद्यार्थीले पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेको छ । रामु न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रम विनोद श्रेष्ठ र समिक्षा बुढाथोकीको संचालन तथा दोस्रो वर्षका विद्यार्थी पशुपन्थी पन्थीको अध्यक्षतामा चलेको थियो । कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख गणेश ज्ञवाली, अतिथिहरु शिक्षक कपिल कुँवर, कृष्ण प्रसाद पाठक, हरि घिमिरे, हरिमणी पोखरेलको आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको विचमा विभिन्न सांस्कृतिक गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीको पठन पाठनसंगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्ने बताएका थिए ।
No comments:
Post a Comment