एनआरएनद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौं, फाल्गुन १७ - थाइल्याण्डको समितिभेज अस्पतालले बिहीबार जारी गरेको बिज्ञप्तीमा पूर्व युवराज पारस शाहको स्थिति अझैं नाजुक र स्थिर रहेको जनाएको छ । उनको मुटुको धड्कन र रक्तचाप सामान्य रहेको बिज्ञप्तीमा जनाइएको छ ।
अस्पतालका न्यूरोलोजिस्ट सोङ्चाई तिन्वान्तानाकुलद्वारा जारी बिज्ञप्तीमा उनको हातखुल्टाका मांशपेशी चल्मलाउन थालेको उल्लेख छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ ।फागुन ८ गतेदेखि हृदयघातका कारण अस्पताल भर्ना गरिएका पारसलाई भेट्न उनका पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पारस पत्नी हिमानी बैंकमै छन् ।
पूर्वराजाले छोरा पारस भेटे
पूर्वराजा ज्ञानेन्द्र शाहले बैंककको समितिभेज अस्पतालमा छोरा पारसलाई भेटेका छन् ।फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार साँझ नै छोरा पारसलाई भेटेका हुन् ।अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने हाततगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।
यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् ।
अस्पतालले बिहीबार जारी गरेको बिज्ञप्ती :

No comments:
Post a Comment