अनुदान पाउन कठिन
१ फागुन, काठमाडौं । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर व्यवहारिक रुपमा कार्यान्वयन नहुँदै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर ६ सय ३० रुपैयाँ बढाएर २ हजार १ सय पुर्याउने निर्णय गरेको हो ।
मूल्यबृद्धिपछि व्यावसायिक प्रयोजनका लागि एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय रुपैयाँ पुगेको छ । घरायसी प्रयोगकर्ताहरुलाई भने सरकारले एक परिवारलाई एक महिनामा एक सिलिण्डर ग्यासमा ५ सय ५० रुपैयाँ अनुदान दिनेछ । कसरी पाउँछन् अनुदान ? निगमका अनुसार उपभोक्ता कार्ड र ग्यास खरिद गर्दाको विल ६० दिन भित्र पेश गरेपछि बैंकबाट ५ सय ५० रुपैयाँ नगद नै फिर्ता पाइन्छ । पैसा फिर्ताका लागि हाल बैंक अफ काठमाडौंलाई तोकिएको छ । तर, निगमका एक अधिकारीका अनुसार न दुई रंगको सिलिण्डर बजारमा छ, न त उपभोक्ता कार्ड नै वितरण भइसकेको छ । ५५ मध्ये ४४ बटा उद्योगले अझैसम्म दुई रंगको सिलिण्डर बजारमा ल्याएका छैनन । यस्तै राजधानीका अधिकांश उपभोक्ताले ग्यास उपभोक्ता कार्ड पाउन सकेका छैनन् । ‘कार्ड वितरण थालिएको एक वर्ष पुग्यो तर, अहिलेसम्म ६० हजारले मात्र कार्ड पाएका छन् । जवकी काठमाण्डौमा मात्रै ७ लाख कार्ड बाँड्नु पर्छ ।’-उनले भने । ती अधिकारीका अनुसार कार्ड वितरण प्रक्रिया झन्झटिलो हुँदा पनि समस्या भएको छ । उपभोक्ताले र्फम भरेपछि विक्रेताहरुकहाँ पठाउँछन् भने उनीहरुले आयल निगममा पठाएपछि कार्ड बनेर त्यही प्रक्रियाबाट फिर्ता हुन्छ ।
निगम अब नाफामा
सँधै घाटामा रहेको भन्दै सरकारसँग अनुदान माग्ने र मूल्य बढाउने गरेको निगम एलपी ग्यासको मूल्य बृद्धिपछि भने नाफामा जाने भएको छ । ग्यासमा मसिक ८० करोड घाटा हुने गरेकोमा मूल्यबृद्धिपछि ४० करोडमा झर्ने निमगको अनुमान छ । ‘ग्यासमा ८० करोड घाटा हुँदा समग्रमा हाम्रो घाटा ३३ करोड थियो’ एक अधिकारीले भने-’अब मासिक १०/१२ करोड नाफा हुनेमा शंका छैन ।’ निगमलाई पेट्रोल, डिजेल र हवाई इन्धनमा भने नाफा हुँदै आएको छ ।
१ फागुन, काठमाडौं । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर व्यवहारिक रुपमा कार्यान्वयन नहुँदै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर ६ सय ३० रुपैयाँ बढाएर २ हजार १ सय पुर्याउने निर्णय गरेको हो ।
निगम अब नाफामा
सँधै घाटामा रहेको भन्दै सरकारसँग अनुदान माग्ने र मूल्य बढाउने गरेको निगम एलपी ग्यासको मूल्य बृद्धिपछि भने नाफामा जाने भएको छ । ग्यासमा मसिक ८० करोड घाटा हुने गरेकोमा मूल्यबृद्धिपछि ४० करोडमा झर्ने निमगको अनुमान छ । ‘ग्यासमा ८० करोड घाटा हुँदा समग्रमा हाम्रो घाटा ३३ करोड थियो’ एक अधिकारीले भने-’अब मासिक १०/१२ करोड नाफा हुनेमा शंका छैन ।’ निगमलाई पेट्रोल, डिजेल र हवाई इन्धनमा भने नाफा हुँदै आएको छ ।
No comments:
Post a Comment