Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 28, 2013

सागरको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा


१७ फागुन, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिवारवाट सुरु हुने एएफसी च्यालेन्ज कप फुटबल छनौटका लागि सागर थापाको कप्तानीमा २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । एन्फाले बिहीबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा पत्रकार सम्मेलन गरी बन्द प्रशिक्षणमा रहेका २८ मध्येवाट चार नयाँ अनुहारसहित २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।
राष्ट्रिय टोलीमा चार नयाँ खेलाडिहरु स्ट्राइकर अमर डंगोल, रक्षकद्वय जितेन्द्र कार्की र विजय धिमाल, मिडफिल्डरद्वय राजेन्द्र रावल र विक्रम लामाले स्थान बनाएका छन् । उनीहरु सबै नयाँ अनुहारका खेलाडि हुन् । यस्तै स्ट्राइकर चेतन घिमिरे ३ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । यसैगरी टोलीमा स्ट्राइकरहरु अनिल गुरुङ, भरत खबास, जुमानु राई, सन्तोष साहुखल, मिडफिल्डरहरु भोला सिलवाल, विजय गुरुङ, जगजित श्रेष्ठ, राजु तामाङ र निराजन खड्का पनि छनोट भएका छन् ।  यस्तै रक्षकहरु कप्तान सागर थापा, सन्दिप राई, विराज महर्जन, रोहित चन्द, र रविन श्रेष्ठ तथा गोल रक्षकत्रयमा किरण चेम्जोङ, रितेश थापा र विकेश कुथुले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
तर अनिल ओझा, नवयुग श्रेष्ठ, सविन्द्र श्रेष्ठ, विशाल राई र दिपक राई भने राष्ट्रिय टोलीमा अटाउन सकेनन् । नेपालले फागुन १९ गते नर्दन मारियाना आइल्याण्ड, २१ गते बंगलादेश र २३ गते प्यालेष्टाइनसंग खेल्नेछ ।
पहिलो लक्ष्य छनौट नै हो : स्टेफनस्की
प्रमुख प्रशिक्षक ज्याक स्टेफन्स्कीले नेपाल एएफसी च्यालेन्ज कप २०१४ का लागि छनौट हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले बन्द प्रशिक्षणमा रहेका खेलाडिहरुको खेलको स्तर र मेहेनत अनुसार खेलाडी छनौट गरिएको वताउनुभयो । उहाँले भन्नुभयो,’हाम्रो लक्ष्य जसरी पनि एएफसी च्यालेन्ज कपमा छनौट हुनु हो । त्यही लक्ष्यका साथ खेलाडी छनौट गरेका छौँ । हामीलाई विश्वास छ खेलाडीहरुले राम्रो खेल पस्कने छन् ।’  उहाँले खेलाडीको मेहेनत र खेलस्तर हेरेर खेलाडी छनौट गरेकाले नजिता राम्रो आउने वताउनुभयो । उहाँले सबै खेलमा नेपाली टोली फरक-फरक रणनीतिका साथ मैदान उत्रिने वताउनुभयो ।
छनौट हुनेमा विश्वस्त छौँ : कप्तान थापा
नेपाली टोलीका कप्तान सागर थापाले छनौट हुनेमा आफूहरु आशावादी रहेको वताउनुभयो । उहाँले पाकिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलमा हार ब्यहोरेपछि आफूहरुले गतिलो पाठ सिकेको र नयाँ प्रशिक्षक आएपछि खेलमा केही परिवर्तन भएको  वताउनुभयो । उहाँले भन्नुभयो,’ खेलाडीमा यसअघिका खेलमा देखिने कमजोरीहरु रहने छैनन् । खेल सुधारेका छौँ । त्यसैले आफ्नै घरेलु मैदानमा खेलिरहेकाले पनि हामी सबै खेल जित्नेमा विश्वस्त छौँ ।’

No comments: