Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, March 14, 2013

मृगौला दिवसको अवसर पारेर भोली देखि निःशुल्क डाइलाइसिस सेवाको घोषणा


काठमाडौं ३० फागुन । राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थलीले मृगौला दिवसको अवसर पारेर भोली चैत्र १ गतेबाट विपन्न वर्गका मृगौला रोगीहरुलाई निःशुल्क डाईलाइसिस सेवा उपलब्ध गराउने भएको छ । 
विश्व मृगौैला दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मृर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मृर्गौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी उक्त सेवा उपलब्ध गराउने घोषणा गरेको हो । 
बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा गत वर्ष केन्द्रले ३६ हजार ५ सय सेसन डाइलाइसिस गरेकोमा आगामी वर्षदेखि वर्षको ४० हजार मृगौला रोगीहरुको निःशुल्क डाइलाइसिस गर्ने योजना रहेको जानकारी दिईएको थियो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय मृर्गौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्थापनाकालदेखि नै मृर्गौला रोगीहरुको सर्वसुलभ तरिकाबाट उपचार गर्दै आएको केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरिय सेवा दिने बताए ।  केन्द्रका कार्यकारी निर्देशक ऋषिकुमार काफ्लेले हेल्थ केयर फाउण्डेशन नेपाल नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ५ वटा मेसिनबाट डाइलाइसिस सुरु गरेकोमा हाल ४० वटा मेसिनबाट दिनको १ सय जनाको डाइलाइसिस गरिरहेको जानकारी दिए । 
काप्mलेले भने– डाइलाइसिस गर्न मासिक ३५ हजार खर्च लाग्ने उपचार जो कोहीले गर्न नसक्ने भएकाले मिर्गौला रोगीको संख्या घटाउन वर्षमा एक पटक रगतमा देखिने क्रियाटिनिन र पिसावमा प्रोटिन जचाउनु पर्छ ।  मिर्गौला पीडित सोनाम लामा (साथी) ले आफूले पाएको दुःख अरुले नपाउन भन्नका लागि समय समयमा रगत र पिसाव जचाउन आग्रह गरे । 

No comments: