काठमाडौं ३० फागुन । नेपालमा सेवाको लागि सहयोगी हातहरु नामक संस्थाले अनाथ, असहाय, असक्त बालबालिकाहरुलाई प्रेम र सहयोग गरौं उनीहरुको भविष्य सुनिश्चित गरौं भन्ने नारासहित देशव्यापी पैदलयात्रा सुरु गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सस्थाले यात्राको शुभारम्भ गरेको हो । पैदल यात्रामा ४ जना बालबालिका र संस्थाका २ जना पदाधिकारीहरु रहने छन् । यात्राको पहिलो चरणमा धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, वाग्लुङलगायतका जिल्लाहरुको यात्रा गरिने संस्थाका अध्यक्ष भगत खत्रीले जानकारी दिए ।
दोस्रो चरणको यात्रामा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल रहने र तेस्रो चरणमा मध्यमाञ्चलको बाँकी जिल्लाहरु र पूर्वाञ्चलको यात्रा तय गरिने छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले भने–मुलुक भरमा रहेका अनाथ, असहाय, अशक्त बालबालिकाहरुको खोज अध्ययन अनुसन्धान उनीहरुलाई शिक्षा, स्वास्थ्य, आश्रय तथा पोषणका लागि सुविधासम्पन्न बालगृहको निर्माण गर्नु पैदलयात्राको मुख्य उद्देश्य हो । संस्थाकी सदस्य सुशिला शाहीले यात्रालाई प्रायोजन गरिए उद्देश्य पुरा हुने भन्दै आईएनजीओ र ब्यापारिक घरानालाई पूण्य उद्देश्यको लागि खुलेर अघि आउन आब्हान गरिन ।
No comments:
Post a Comment