Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 23, 2013

उपत्यकाब्यापी क्रिकेट प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान


काडमाडौं १० चैत्र । गत फागुन २५ देखि चैत्र ३ सम्म ल्यावरोटरी स्कुल कीर्तिपुरमा भएको उपत्यका व्यापि क्रिकेट प्रतियोगिमा पहिलो र दोस्रो हुने क्लबलाई युथ क्रिकेट क्लबले आज शिल्ड तथा प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ । 
क्लबले पहिलो पटक आयोजना गरेको उपत्यकाभित्रमा हालसम्मकै बढी धन राशी भएको प्रतियोगितामा प्रथम हुने इन्टरनेशनल कलेज अफ हस्पिट्यालिटी मेनेजमेण्ट, बानेश्वरलाई शिल्ड तथा नगद रु. ६०,००० प्रमाणपत्र र दोस्रो हुने आयोजक युथ क्रिकेट क्लबलाई शिल्ड, ३०,००० नगद र प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विजयी टिमलाई प्रमाणपत्र, सिल्ड र नगद पुरस्कार हस्तान्तरण गरेका थिए । 
रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै युथ क्रिकेट क्लबका अध्यक्ष बसन्त पन्तले प्रतियोगितामा दिईने नगद पुरस्कार आगामी वर्षदेखि एक लाख भन्दा बढी पुर्याईने जानकारी दिए । 
उपाध्यक्ष आशिष क्षेत्रीले २० ओभर क्रिकेट खेलले खेलाडिहरुको स्तरवृद्धि नहुने भन्दै प्रतियोगिता ३० देखि ५० ओभरसम्म पु¥याएमात्रै क्रिकेट खेलाडिहरुको क्षमताबृद्धि हुन सक्ने धारणा राखे ।  
प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले उपत्यकाभित्रकै सबैभन्दा ठूलो धन राशीको क्रिकेट प्रतियोगिता गराएर युथ क्रिकेट क्लबले क्रिकेट खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 
उनले क्रिकेट खेलको विकासलाई उचाईमा पु¥याउन रिपोर्टर्स क्लब नेपाल सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गरे । 

No comments: