दुबई, मार्च २५, नेपाली जनप्रगतिशील मोर्चा युएईले नेपाली नयाँ बर्ष २०७० तथा प्रतिरोध दिवस (चैत्र २४ ) को अबसर पारेर यही १२ अप्रिल २०१३ का दिन दुवाईको जबिल पार्कमा बनभोज कार्यक्रम गर्न गइरहेको छ ।
मोर्चाको केन्द्रिय समितिको तर्फबाट सुचना प्रकाशित गर्दै विगतका बर्षहरुमा झै यस बर्ष पनि विभिन्न कार्यक्रमहरुका वीच मोर्चा सम्पुर्ण सदस्य, शुभचिन्तक तथा आस्थावान क्रान्तिकारी मित्रहरुका साथमा बनभोज मनाउन लागेको हो । २०४६ सालको जनआन्दोलनको बलिदानीपुर्ण दिनको रुपमा रहेको चैत्र २४ को सम्झना र सम्मान स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको मोर्चाका अध्यक्ष रमेश गिरीले बताएका छन् ।
आपसी भाइचारा तथा बैचारिक अन्तक्रियाको लागि एवं प्रवासी भुमीमा पनि नेपाली संस्कार र संस्कृतिको जगेर्ना र विकासका लागि नयाँबर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्न गइरहेको बताइएको छ । साथै आयोजकले अबुधावी र अलऐनबाट कार्यक्रममा सहभागी हुने व्यक्तिहरुलाई आर्थिक भार कम गर्नको लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिएको समेत जनाएको छ । मोर्चाले गतबर्ष पनि १३ अप्रिल २०१२ का दिन बनभोज कार्यक्रम सम्पन्न गरेको थियो ।
No comments:
Post a Comment