Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 26, 2013

नेपाली जनप्रगतिशील मंच युएई.क्षेत्रीय समिति अजमानको पहिलो बैठक सम्पन्न.....

विनोद श्रेष्ठ "क्रान्ति

युएई- २६ मार्च- नेपाली जनप्रगतिशील मंच युएई.क्षेत्रीय समिति अजमानको पहिलो बैठक अध्यक्ष  गुरु प्रसाद निरौलाको अध्यक्षतामा २२ मार्चमा अजमानको सनैया पार्कमा बस्यो ।
क्षेत्रीय समिति शारजाह र अजमानका  सल्लाहकारहरू क्रमश : बाल कुमार बस्नेत तथा  मिलन गुरुङ को विशेष उपस्थिति रहेको बैठकमा अजमान क्षेत्रीय समितिका पदधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
बैठकले नयाँ वर्ष २०७० को अवसरमा १२ अप्रिलका दिन भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरी  मिलन गुरुङको संयोजकत्वमा १० सदस्यीय प्रतियोगिता तयारी समिति गठन गरेको छ। जसको, सह संयोजक बाल कुमार बस्नेत रहनुभएको छ ,भने सदस्यहरुमा क्रमश : गुरु प्रसाद निरौला,गणेश उपाध्या, रुद्र थापा, दल बहादुर थापा,सुमन निरौला,तेज बहादुर थापा,रमेश गुरुङ ललित गुरुङ रहनु भएको छ ।


सनैया लक्की क्षेत्रमा इकाई समिति गठन 
नेपाली जनप्रगतिशील मंच युएईले संगठन विस्तारको क्रममा सनैया लक्की क्षेत्रमा इकाई समिति गठन गरेको छ । सनैया लक्की क्षेत्रमा एक भेलाको अयोजान गरी गणेश प्रसाद उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा ललित गुरुङ रहनु भएको छ भने सचिवमा हस्त पुलामी मगर,सह-सचिवमा गिर बहादुर राना र कोषाध्यक्षमा कुमार सरु मगर रहनु भएको छ ।
यसैगरी सदस्यहरूमा क्रमश : डोल बहादुर मगर ,गन बहादुर मगर , हेम बहादुर मगर ,चुर बहादुर मगर , खेम बहादुर मगर ,राम काजी थापा , दिल बहादुर थापा ,युक्त बहादुर मगर ,है बहादुर गुरुङ ,गंगा बहादुर सारू रहेका छन्। 

No comments: