२२ मार्च २०१३ का दिन बसेको मन्चको एक भेलाले क्षेत्रिय समितीलाई अझ तिब्र बनाएर लैजाने प्रतिबद्ध्ता स्वरुप कार्यसमितीलाई पुनर्गठन गरेको छ। मन्चका केन्द्रिय माहासचिब नारायण रपाल विश्वाकर्माको प्रमुख आतिथ्य,सचिब मिन प्रशाद ढकालको आतीथ्य तथा क्षेत्र इनचार्ज सालीकराम गौतमको बिशेष उपस्थितीमा भएको उक्त भेलाको अध्यक्षता अल दुर क्षेत्रका उपाध्यक्ष प्रेम सुनारले गर्नु भएको थियो।
सर्बप्रथम महान सहिदहरु प्रति हार्दिक श्रदान्जली स्वरुप मौनधारण गर्दै कार्यक्रमको सन्चालन सचिब सुरेस थापा गिरीले गर्नु भएको थियो।गेहराज घर्ति मगर अध्यक्ष रहनु भएको समितिमा उपाध्यक्ष - सोम बिक , सचिब - सुरेस गिरी थापा , स सचिब - पवन नेपाली , कोषाध्यक्ष - झिल्के गुरुङ्ग , स कोषाध्यक्ष - आनन्द बुढा मगर हुनुहुन्छ भने सदस्यहरु देब केसी,कृष्ण परिवार,बिष्णु घर्ति मगर,यामर खत्री तथा मोहम्मद नासिम रहेका छन। क्षेत्रीय प्रमुख सल्लाकार प्रेम सुनार बिशेष सल्लाकार टोप बहादुर भुजेल र सल्लाकार भोला खडका रहेका हुनुहुन्छ। अन्तमा प्रमुख अतिथीबाट नयाँ कार्यसमिती लाई शुभ कामना दिनु भएको थियो।
No comments:
Post a Comment