Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 31, 2013

मोरङमा बुहारीलाई यौनशोषण गरेको आरोपमा ससुरा पक्राउ

संवददाता - मोरङमा एक वृद्धले आफ्नै बुहारीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन्। मोरङ डाँगीहाट लक्ष्मीमार्गका ६० वर्षीय कोइरालाले आफ्नै जेठी बुहारीलाई पटकपटक यौनशोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

छोरा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका बेला कोइरालाले बुहारीलाई मादकपदार्थ सेवन गरी धाकधम्की दिँदै यौनशोषण गर्ने गरेको बुहारीले इलाका प्रहरी कार्यालय बेलवारीमा किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। एक वर्ष पहिले बुहारीले ससुराको व्यवहारले गर्दा विष सेवन समेत गरेको छिमेकीले प्रहरीलाई बताएका छन्।
विदेशमा रहेका श्रीमान् बुधबार घर फर्कंदा श्रीमतीलाई नभेटेपछि सोधखोज गर्ने क्रममा उनी माइती गएको र ससुराले घरबाट निकालेर पठाएको खुलेको थियो। ससुरा कोइरालाले चाहिँ अर्कै केटासँग सल्केकाले बुहारीले आफूहरूमाथि झुटो आरोप लगाएको बताएका छन्।

No comments: