Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 3, 2013

मलेसियाको पि डि आइ कम्पनिका कामदारको माग पुरा


भीमसेन चौलागाई 
पेनाङ्ग मलेसिया  अप्रिल ३। बेसिक सेलरी ९०० रिङ्गगेट नपाएको भन्दै आन्दोलनमा उत्रिएका मलेसिया को पेनाग्गj स्थित नागासारी पि डि आइ का काम्दार हरु आफ्नो माग पुरा गर्ने म्यानेज्मेन्ट को सहमती का साथ आन्दोलन स्थगित गरेर काम मा फर्किएका छन । कम्पनी ले महिनौ अगाडी नै बेसिक सेलरी ९०० रिङ्गगेट दिने सर्त मा नया सम्झौतामा दस्तखतगराए पनि कार्यान्वन नहुँदा कामदार हरु आक्रोसित भएका थिए । फेब्रुअरी महिना को तलब हेर्ने बित्तिकै सम्पूर्ण कामदारहरु एक्जुट भएर आफ्नो आफ्नो काम छोडी सरासर आफ्नो होस्टेल तर्फ लाग्दा कम्पनी मा नै ठुलो उथल पुथल भएको थियो भने सुपर भाइजर र मेनेजरहरु कामदार रोक्न तथा होस्टेल होस्टेल मा लिन आएका भएपनी आफ्नो माग प्रतीएकरुपता जनाएर कामदार हरुले मजदुर हक हित को लागी यो कदम अपरिहार्य रहेको भन्दै अबको बार्ता कम्पनी मालिक सग नै गर्न अडान लिएका थिय । जसनुसार कामदार हरुले मार्च महिना बाट ९०० रिङ्गगेट तलब पाउनेछन भने होस्टेल तर्फ काटिने पैसा समेत कम्पनिले मिनाह गर्दिएको छ । करीब २ घन्टा सम्म चलेको बार्तामा बार्ता टोलिका सदस्य भीमसेन चौलागाई , कमल मगर ले आफ्ना मागहरु पुरा नभएसम्म काम सुचारु नगर्ने अडान लिएका थिए भने २००को मात्रा मा कामदारहरु उपस्थित भएर माग प्रती एक्यबद्दता जनाएका थिए । आफ्ना माग हरु प्रती कम्पनी ले सहमती जनाउने प्रतिबद्दता जनाए अनुसार नै आन्दोलन स्थगित गरेर कामदारहरु काममा फर्किएका छन । आफ्नो माग पुरा भएको खुशीयालिमा कामदारहरु निकै नै हर्षित भएका छन्।

No comments: