Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 4, 2013

नेपालीका लागि दुखद तस्विर


एएफसी च्यालेन्ज कप समूह चरणको दोस्रो खेल नेपाल बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको छ। बंगलादेशले अर्को गोल थपेको छ। दोस्रो हाफदेखि नै निकै दबाबमा रहेको बंगलादेशका खेलाडीले ५७औं मिनेटमा अर्को गोल थपेको हो। यसअघि बंगलादेशले २७औं मिनेटमा नेपलाविरुद्ध पेनाल्टीमार्फत् पहिलो गोल गरेको थियो।
मध्यान्तरसम्म बंगलादेशले नेपाललाई - गोलको अग्रता लिएको छ। खेलको २७औं मिनेटमा रेफ्रीले विवास्पद् पेनाल्टी दिएपछि त्यसको सदुपयोग गर्दै बंगलादेशका खेलाडीले गोल गरेका थिए। त्यसको केहीबेरमै दर्शकदिर्घाबाट आफूलाई ढुंगा हानेको भन्दै साहायक रेफ्रीले आयोजकलाई गुहारेपछि केहीबेर खेल स्थगित भएको थियो। गोल खाएका नेपाली खेलाडीहरुले त्यसपछि राम्रो खेलिरहेका छन्। बंगलादेशविरुद्ध गोल गर्ने मौका पाए पनि त्यसको सदुपयोग नेपाली खेलाडीले गर्न सकेका छैनन
एएफसी च्यालेन्ज कपको समूह चरणमा नेपालविरुद्ध बंगलादेशले २७औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेको छ। बिराज महर्जनले बंगलादेशका खेलाडीलाई डिबक्समा लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिएको हो। त्यसको केही मिनेटपछि साहायक रेफ्रीलाई दर्शकले ढुंगा हानेको भन्दै केही बेर खेल स्थगितसमेत भयो। आयोजकलाई , वटा ढुंगा ल्याएर देखाउँदै साहायक रेफ्रीले आफूलाई दर्शकले हानेको दाबी गरेका छन्। खेल भने पुनः सुचारु भएको छ।एएफसी च्यालेन्ज कपको समूह चरणमा नेपाल बंगलादेशबीचको खेल दशरथ रंगशालामा भइरहेको छ। यसअघि गत शनिबार नेपालले नर्दन मारियाना आइल्यान्डविरुद्ध - गोलको सहज नतिजा निकालेको थियो भने बंगलादेश प्यालेस्टाइनसँग - गोलले हारेको थियो।नेपालविरुद्ध बंगलादेशको इतिहास बलियो छ। सन् १९८४ यता दुई टोलीबीच १४ खेल हुँदा बंगलादेशले खेल जितेको भने नेपालले मा नतिजा हात पारेको छ। एक खेल बराबरीमा टुंगिएको इतिहाँस पनि छ। तथापि नेपालले पछिल्ला दुई भेटमा बंगलादेशसँग हार्नु परेको छैन। गत बर्ष भारतमा भएको साफ च्याम्प्यिनसिपमा सागर थापाको सनसनीपूर्ण गोलमा बंगलादेश - ले पराजित भएको थियो। १८ बर्षमा बंगलादेशविरुद्ध त्यो नेपालको पहिलो जित थियो। पछिल्लो पटक असोजमा घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा - को बराबरी भएको थियो।बंगलादेशका प्रशिक्षक लुदविजिक ड्यारिस डी क्रुफले नेपाललाई आफूहरुले जित्ने दाबी गरेका छन्। पहिलो खेल प्यालेस्टाइनसँग गुमाएका उनले भने- 'नेपाल प्यालेस्टाइन जत्तिको बलियो प्रतिद्वन्द्वि होइन। हामी हराउन सक्छौं।'
नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले बंगलादेशविरुद्धको नतिजा अघिल्लो चरणको यात्राका लागि निर्णायक हुने बताएका छन्। 'बंगलादेश राम्रो टिम हो। उनीहरुविरुद्ध जित हात पारे अन्तिम चरण जाने सम्भावना बढ्नेछ,' उनले भने, 'उनीहरुका लागि पनि त्यतिकै महत्वपूर्ण भएकोले खेल प्रतिस्पर्धात्मक हुनेछ।' स्टेफानोस्कीले अरुको खेल भन्दा आफ्नो प्रदर्शन बढी महत्वपूर्ण हुने बताए। 'हामी आफ्नो खेलमा केन्द्रित छौं,' उनले थपे, 'सुधार भैरहेको , त्यसको आवश्यकता अझै छ।'

No comments: