Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 4, 2013

साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?


धरम के.सी.
४ मार्च २०१३दमाम सिटी सेन्टरको नेपाली रेष्टुरेण्ट (स्टारलाइट)को सामुन्ने रहेको नेपालीकै मोबाइल पसलमा अचेल नेपाली पासपोर्ट नबिकरणका लागि संकलन हुंदै एको छ । मसंगै काम गर्ने एक नेपाली कामदार २ हप्ता अघि फ्नो पासपोर्ट रिन्युका लागि यही पसलमा पुग्नुभयो तर त्यहां ३५० रियाल बुझाउनुपर्ने भनिए पछि वहांले त्यहां पासपोर्ट नबुझार्इ फर्किनुभयो र मलार्इ सोध्नुभयो सरकारी दस्तुर त ३१० रियाल रहेछ तर यो थप ४० रियाल केका लागि होला? मैले यही जिज्ञासा साउदी अरबका लागि नेपाली राजदूतज्यु समक्ष राखें तर वहांले शुरूमा यस बारेमांफूलार्इ जानकारी नरहेको भन्नुभयो र लगत्तै साउदी अरबको पुर्बी क्षेत्र(दमाम)का लागि खटिनुभएका दूतावासका स्थानिय कर्मचारीसंग फोन सम्पर्क भएपछि भन्नुभयो ४० होइन, १० रियाल लिने समझदारी हो र यो १० रियाल पासपोर्टको फारम (कम्प्युटरमा) भरिदिन र फोटो समेतका लागि हो, यो १० रियाल पनि त्यहां कसैलार्इ बढी लाग्छ भने त्यो सेवा तुरून्तै बन्द गरिने र १० रियाल भन्दा बढीको यदी पासपोर्टको सेवाशुल्कका नाममा लेनदेन भएको छ भने दूतावासमा उजुरी गर्नुहोस, कार्बाही हुनेछ भन्नुभयो । १० रियाल भन्दा बढी नै लिइन्छ तर रसिद भने दिइदैन, के धारमा उजुरी गर्ने मेरो थप जिज्ञासामा वहांले फेरी भन्नुभयोहोइन, हाम्रो स्थानिय कर्मचारीले नै रेफर गर्नुभएको हो भने रसिद पनि दिनुपर्छ, दिनु, दिलाउनुहुन्छ । यसपछि एनरएनए साउदीका प्रमुख सल्लाहकार उक्त पसलमा गएर बुझ्दा शुल्क २० रियाल लिइने तर यो शुल्कमा केही नबच्ने भएकाले वहांहरू मुनाफाका लागि दूतावाससंग वार्ता गर्न इच्छुक रहेको बताउनुभएछ । गतः शुक्रबार (१ मार्चमा) म ंफै उक्त पसलमा पुगेंर बुझ्दा न्यूनतम २० रियाल देखि ५० रियाल सम्म लिने गरेको र कसै कसैले त स्वेच्छाले त्यो भन्दा पनि बढी दिनुहुन्छ र हामी ती सबै रकम स्वीकार्छं तर रसिद भने कसैलार्इ पनि दिदैनं भन्नुभयो । साथै हामी सरकारी मान्छे होइनौं, फाइदा नलिर्इ किन, कसरी काम गर्ने? हाम्रो सेवामा डकुमेन्टहरू दूतावास (रियाद) पुर्याइदिने, ल्याएर अढार्इ महिनाभित्र यही पसलबाट नबिकरण भएको पासपोर्ट बितरण गर्नेसम्म पर्छन । एकछिन सोंच्नुस त यी सबै काम हरेक कामदारहरूले आंफू स्वयमले गर्नुपर्दा कति खर्च हुन्छ होला ? पनि भन्नुभयो ।
स्मरणीय छ, गतः जुन २०१२ देखि यी र यस्तै कामका लागि भनी यस क्षेत्रमा दूतावासका कर्मचारी (पूर्ण कालिन) खटिनुभएको छ र श्रम सचिव र बैदेशिक रोजगार बिभागका महानिर्देशकज्यूहरू साउदीको खोबर एको बेला कामदारहरूले नै तिरेको प्रबर्द्धन शुल्कबाटै तलब सुविधा लिनेगरी उक्त स्थानिय कर्मचारी नियुक्त गरिएको खुलासा गरिएको हो । तर वहांको नियुक्ती कामदारहरूलार्इ सेवा दिन अर्थहिन र निस्प्रभावी भएपछि हालै मात्र एनरएनए साउदी अरबले दूतावासलार्इ कम्तिमा त्रैमासिक रूपमा साउदी अरबको रियाद देखि टाढा रहेका जेद्धा, दमाम लगायतका प्रमुख शहरहरूमा दूतावासको घुम्ती सेवा (Out Reach Services) दिन संस्थागत अनुरोध गरेको थियो तर राजदूतज्युले वश्यक पर्दा (केश हेरेर) फ्नो कार्यक्षेत्रभित्र जहांपनि पुग्ने तर त्यस्तो घुम्ती सेवा भने यस दूतावासकोकार्यप्रणालीमा नरहेको बताउनुभयो । साउदी अरबमा फिलिपिन्स, भारत लगायतका दूतावासहरूले भने फ्ना नागरिकहरूलार्इ बिकेन्द्रित/बिस्तारित  सेवा (Out Reach Services) दिंदै एका छन । साउदी अरबमा ६ लाख भन्दा बढी नै नेपाली कामदारहरू रहेका छन, दमाम सहितको पुर्बी क्षेत्रमा मात्र करीब अढार्इ लाख नेपाली कामदारहरू रहेको अनुमान छ ।

No comments: