मार्च 3 युएई।संसारकै अति चर्चित एटलान्टिक होटेल दुबईको पाम जुमेरा (palm jumeirah )मा रहेको छ। समुन्द्रलाई पुरेर जमिन तयार गरीएको यस होटल समुन्द्रको बिचमा अत्यन्तै आधुनिक तरिकाको निर्माण सगै सिगारिएको छ। यस होटेलमा कार्यरत नेपालीले (culinary competition among gulf country) पाचतारे होटलहरुले गल्फको खाना बनाउने प्रतियोगिताबाट सर्बौत्कृट(प्रथम ) नेपाली भोलानाथ पाण्डे हुन् पुगेका छन। गुल्मी हर्मीचौर ४ का SLC सम्म मात्र अध्यन गरेका पाण्डे कामको लागी इन्डियाको गोवामा मेरियट होटलबाट कुकको लागी किचनमा छिरेका थिए। प्रतियोगिता अनुसार पहिलो परिकार १ घण्टामा ४ वटा पिलेटमा तयारि खानालाई कुनै पनि फरक छुट्टाउन नसकिने गरि सजाएर राखिने इमराती कुजिन बिरानी( माले बिरानी) थियो। दोश्रोमा बिफबाट अनेक किसिमका स्वादिष्ठ परिकारहरु र तेश्रोमा कुखुरा र माछालाई काटेर हड्डी,काडा,छालालाई भिन्न गरि केवल मासु मात्र २० मिनटमा भाग भाग गरि गल्फ बुचुरी सेक्सनबाट सर्बौत्कृट भएका थिए। गल्फबाट सहभागी सबै देशका पाचतारे होटेलका कुकमेनहरुलाई उछिन्दै सर्ब प्रथम भई पदक जिन्त सफल भएका हुन । अब उनले पुरस्कार स्वरुप जर्मनको लागि १ हप्ताको भ्रमणगर्न पाउने भएका छन् भने होटेलबाट सम्मान तथा नगद रकम पनि पाप्त गर्ने भएको छन । प्रतियोगितामा सर्बौत्कृट भएकोमा होटल एटलान्टिकका सम्पूर्ण नेपाली स्टाफ साथीहरुले नेपाल र नेपालीको नाम राख्नन सफल भएकोमा खुसि व्यक्त गर्दै बधाई दिनु भएको होटलमा कार्यरत सुदिप बिडारीले जानकारी दिनु भएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment