Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 3, 2013

नर्दन मारियानाविरुद्ध नेपालको ६ गोल "भरतको हृयाट्रिक"


१९ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपालले भरत खबासको हृयाटि्रकको मदतमा नर्दन मारियानामाथि शानदार जित हात पारेको छ ।
शनिबार भएको एकपक्षीय खेलमा नेपालले नर्दन मारियानालाई ६-०फराकिलो गोल अन्तरले पराजित गरेको हो । अन्तराष्ट्रिय फुटबलमा सन् १९९९ मा भुटानलाई ७-० ले हराएपछि नेपालले हात पारेको यो सबैभन्दा ठूलो जित हो । झण्डै २ वर्षअघि विश्वकप छनोट फुटबलको पहिलो चरणमा अन्तराष्ट्रिय फुटबलको बबुरो टिमोर लिस्टेलाई ५-० ले हराएको थियो भने २००२ को विश्वकप छनोटमा मकाउलाई ६-१ हराएको थियो ।
यस्तै सन् २०११ को डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएयता नेेपालले हात पारेको यो पहिलो जित हो । जितसँग ३ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा बंगलादेशलाई १-० ले हराएको प्यालेस्टाइन समान ३ अंक भएपनि गोल अन्तरका अधारमा दोस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु दर्शकमा माझ भएको खेलमा नेपालले दोस्रो मिनेटमा भरतको गोलबाट अग्रता लिएको थियो । जगजित श्रेष्ठको पासमा उनले हेड गोल गरेका हुन् । एक पछि अर्को गर्दै नर्दन मारियानाको पोष्टमा आक्रमण गरेको नेपालले २९ औं मिनेटमा अग्रता दोब्बर पार्‍यो ।
उत्कृष्ट प्रदर्शन गरेका जगजितको पासमा सन्तोष साहुखलले २९ औं मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । ३० औं क्याप खेलका उनको यो अन्तराष्ट्रिय फुटबलमा तेस्रो गोल हने । खेलको ४० औं मिनेटमा भरतले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । उनलाई रविन श्रेष्ठले पास मिलाइदिएका थिए ।
पहिलो हापमा ३-० ले अग्रता लिएको नेपालले दोस्रो हापमा पनि आक्रमक खेललाई जारी राख्यो । भरतको प्रहार बारमा लागेर फर्किँदा रंगशालामा रहेका दशृक चुकचुकाए थिए । ५९ औं मिनेटमा नेपालले चौथो गोल गर्‍यो । जगजितलाई लुकासले लडाएपछि नेपालले पेनाल्टी पायो, त्यसमा राजु तामाङले गोल गरेका हुन् र ३५ क्याप जितेका उनको यो दोस्रो अन्तराष्ट्रिय गोल हो । ६८ औं मिनेटमा करिव ३० यार्ड टाढाबाट सन्दीप राईको प्रहार गोलमा परिणत भएपछि नेपाल ५-० ले अघि भयो । एकपछि अर्को गर्दै नर्दन मारियानाको पोष्टमा प्रहार गरेका भरत ७२ औं मिनेटमा हृयाटि्रक गर्न सफल भए । कप्तान सागर थापाको पासमा उनले व्यक्तिगत तेस्रो तथा नेपालका लागि छैटौं गोल गरे ।
अन्तराष्ट्रिय फुटबलमा नेपालका तर्फबाट हृयाटि्रक गर्ने उनी चौथो फुटबलर बनेका छन् । यसअघि एन्फाका वर्तमान अध्यक्ष गणेश थापा, निराजन रायमाझी र नरेश जोशीले मात्र हृयाटि्रक गरेका छन् । भरतको यो नेपालका लागि कुल सातौं गोल हो ।
नेपालसामू निरिह देखिएको नर्थन मारियानाले भने एक पनि राम्रो पोष्ट चार्ज गर्न सकेन । अमेरिकी उपनिवेश नर्थन मारियाना ओसियानाबाट अलग हुँदै सन् २००९ मा एसियाली फुटबल महासंघ एएफसीमा आवद्ध ५० हजार भन्दा केही जनसंख्या रहेको नर्थन मारियानाको यो १५ औं अन्तराष्ट्रिय तथा पहिलो औपचारिक प्रतियोगिता हो । जसमा उसले अहिलेसम्म जित निकाल्न सकेको छैन ।



No comments: