काठमाडौ, १० चैत । अर्थमन्त्री शंकर कोइरालाले सबै दललाई सहमतिमा ल्याएर मात्रै संविधानसभाको निर्वाचन गर्ने स्पष्ट पारेका छन् । हिमालय टेलिभिजनमा शनिवार राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने द आरडी सोकालागि ऋषि धमलासँग कुरा गर्दै उनले दलिय ब्यवस्थालाई बलियो बनाउने उद्देश्यले दलहरुकै सहमतिमा वर्तमान सरकारको गठन भएकोले सबै दलहरुलाई विश्वासमा लिएर निर्वाचन सम्पन्न गराउने योजना सुनाए ।
एक दुई दिन भित्रै निर्वाचन आयोगलाई पूर्णता दिएर निर्वाचनको मिति तोकिने जानकारी दिदै मन्त्री कोइरालाले असारको पहिलो साता नै निर्वाचन सम्पन्न गर्ने गरी बाकी सबै तयारी सरकारले गरिरहेको बताए । निरकुंशता लाद्ने योजनामा सरकार बनेको भनि बाहिरको चर्चालाई अस्विकार गर्दे उनले आफूहरु छिट्टै निर्वाचन गरेर दलहरुलाई नै नेतृत्व हस्तान्तरण गर्न आतुर भएको बताए।
उनले निर्वाचनलाई लक्षित गर्दै सरकारले पूर्ण बजेट ल्याउने गरी तयारी गरिरहेको जानकारी दिदै सरकारले ५ अर्वको बजेट ल्याउने गरी तयारी गरिरहेको बताए ।
No comments:
Post a Comment