शायद
शायद तिमीले भूली सक्यौ कि दिएका कोशेलीहरु रु
चाहन्न म, फेरी मलाई माया गर बेली चमेलीहरु
म जे छु जहाँ छु यहि निको लाग्छ मलाइ अब
तिम्रो जीवनका हरेक बाटा बन्द गर हे चेलीहरु १
धर्म
धर्मको बाटोमा तिमीलाई पापी देखे पछि
कर्मको भाग्यले लखेटेको तिमी भनेपछि
तिम्रो संसारमा देखिन चाहिंन लागें कतै
मेरो नजरमा तिमी आफै खिल बनेपछि
भूल
भूल मेरै हो जो बिस्वासको संसार सम्झेथें
आफनै मुटुको मायामा सपना बुझेथें ,
होइन र छ यो नारीको संसार भन्नु रु
सीताको वियोगमा हराएको राम सरि रुझेथें
हाल लिस्बोन पोर्तुगल
प्रगतिनगर , नवलपरासी
दिनांक २३ मार्च २०१३
No comments:
Post a Comment