Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 23, 2013

हामी औद्योगिक शान्तिको पक्षमा छौं

Jaya Karki _international Media.01.jpgजय कार्की
चैत्र ९ काठमाण्डौ औद्योगिक क्षेत्रभित्र लगातार भैरहेको आक्रमण र मजदुर दमनको घटनालाई ध्यानमा राखेर इन्टरनेशनल मिडियाले समश्या समाधानको निराकरणको खोजी गर्दै सरकार, ट्रेड युनियनमहासंघ र उद्यमी व्यवसायीहरुवीचको वृहत अन्तरक्रियात्मक कार्यक्रमको आयोजना ग¥यो । सो कार्यक्रमलाई नेपलका प्रमुख ट्रेड युनियनहरु, होटल संघ नेपालका प्रतिनिधिहरुले धारणाहरु राखेका थिए । उक्त अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले होटल संघ नेपालका कानूनी सल्लाहकार गान्धी पण्डितले मजदुरहरुले प्रतिष्ठान स्तरको कलहलाई पार्टी र मातहतका माहासंघहरुलाई तानेर विकृति ल्याएको भनि लगाएको आरोपलाई ठाडै इन्कार गर्र्दै त्यो काम मजदुर संगठनहरुले नभएर उद्योगी व्यवसायीहरु र उनीहरुको संगठनले प्रतिष्ठानस्तरीय विवादलाई राष्ट्रिय मुद्दा वनाउने, सिंगो शक्तिको दुरुपयोग गर्ने अनावश्यकरुपमा सरकारलाई दवाव दिने र सामान्य झगडालाई पनि युरोपियन च्याम्वर अफ कमर्सलाई गुहारी अन्तर्राष्ट्रियकरण गरेकोमा घोर भत्र्सना गर्दै उनीहरुले त्यस्तो धृष्टता गर्दछन् भने आफ्नो संगठनले साना साना विवादलाई पनि उनीहरुले जस्तैगरी उठाउने बताउनु भयो । 
माओवादी मजदुर संगठनले उद्योग धन्दामा आफ्ना समर्थकहरुलाई जबरजस्ती दवाव दिएर भर्ति गराउने गरेको भनि पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिदै आफ्नो युनियनले योग्यलाई अवसर नदिने र पुर्वाग्रह सांधेर माओवादी समर्थकहरुको छानविन गरी सकेसम्म काम नदिने प्रबृत्तिको भण्डाफोर गरेको हो आफ्नो मान्छे भन्दा पनि निष्पक्ष गर भनेको वताउने भयो । उहांले आप्mनो पार्टीले औद्योगिक विकास र आर्थिक सम्पन्नताको लागि उत्पादन ब्रिगेड गठन गर्ने तयारीमा रहेको अवस्थामा अखिल नेपाल ट्रेड युनियन महासंघले औद्योगिक वातावरणलाई खलल पु¥याउन खोजेको छैन बरु कानूनले दिएको अधिकारको कार्यान्वयन गर्न वाध्येपार्न खोजेको हो । सामाजिक सुरक्षा तथा न्युनतम वेतन बृद्धिको माग  तत्काल पुरा गर्नु पर्छ अन्यथा मजदुरहरुको धैर्यताको वांध फुट्न सक्छ भन्नु भयो । 
 होटल ¥याडिसनको व्यवस्थापनले अनाबश्यक बखेडा झिकेर वर्खास्त गरेका मजदुर नरेश डंगोल, राजेन्द्र लामा र सन्तोष भट्टराईलाई विना शर्त पुनरवहाली नगरेसम्म समश्या समाधान नहुने र भरखरै मात्र त्यहि केसलाई लिएर अखिल नेपाल हाटल, क्यासिनो तथा रेष्टुरां मजदुर संघका उपाध्यक्ष माधव पाण्डे र मुकुन्द पन्तलाई ससम्मान रिहा नगरे सम्म होटल मजदुरहरुले कुनै न कुनै प्रकारको विरोधको कार्यक्रम गरिरहने वताउनु भएको थियो ।
 कार्र्यक्रममा नेकपा माओवादी निकट टेड युनियनका संयोजक रामदीप आचार्य र नेपाल टेड युनियन कंग्रेसका उपाध्य लगायत आधा दर्जन टेड युनियन नेताहरुले आफनो भनाई राखे पनि उद्योग वाणिज्य महासंघले वाहिर प्रचारवाजीका लागि मजदुर विरोधी गतिविधि गर्दै आएको भएतापनि आम्नेसाम्ने छलफलमा भागलिन नआएकोमा मजदुर संगठनहरु झनै रुष्ट वनेका थिए ।
  होटल मजदुरको विरोध कार्यक्रम जारी छ 
चैत्र ९ काठमाण्डौ
बलतगारmबवमययचयलष्लिभ
होटल ¥याडिसन ब्यवस्थापनको निरंकुश कदमका विरुद्धमा निष्काशित तीन जना निर्दोष मजदुरहरु नरेश डंगोल, राजेन्द्र लामा र सन्तोष भट्टराईलाई तत्काल पुनरवहालीको मागगर्दै राजधानीका होटल मजदुरहरुले आज सांकेतिक विरोधको कार्यक्रम गरे  । विभिन्न प्रतिष्ठानहरुवाट आएका हजारौं मजदुरहरुले मजदुरलाई तत्काल पुनरवहाली गर्न माग गरे भने सोही केसमा प्रहरी लगाई गिरफ्तार गराइएका अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका उपाध्यक्ष माधव पाण्डे र मुकुन्द पन्तको विना शर्त रिहाईको माग गर्दै रत्नपार्कको शान्तिवाटिकामा आई सभामा परिणत भएको थियो । सो सभालाई अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष प्रकाश श्रेष्ठ,  अनेट्रेयू महासंघका के.स. राजकुमार लामा लगायतले सभालाई सम्वोधन गर्दै मजदुरको समश्यालाई समाधान नगरेसम्म विरोधका कार्यक्रम एक पछि अर्को गर्दै आन्दोलनको आकारलाई वढाएर लाने उद्घोष गरेका छन् ।







No comments: