Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 30, 2013

साउदी अरबमा अबैध सिडीको ब्यापार व्यापार गर्ने कुटिए


धन बहादुर वली (रियाद ) २९/०३/२०१३ साउदी अरेबियाको राजधानी रियादको बथा स्थित अबैध कामदार का रुपमा कामगर्ने कामदार हरुले सजिलो संग पैसा कमाउने सोच बनाएर सिडी डिभिडी बिक्रि गर्ने चलन बर्षौ चल्दै आएर केहि महिना पहिले सम्म  निकै धेरै मात्रामा थियो | र गत हाप्ता मात्रै म बथा स्थित साथीहरु भेटघाट गर्ने क्रम म बथा मा नै पुगेको थिए | बथा रियाद भित्र मा धेरै नेपालीहरुले भेटघाट गर्न सक्ने शहरको रुपमा बिकसित हुदै आएको तथ्य हो |

                          त्यसैले त्यहाँ धेरै नेपालीहरु उपस्थित हुनु स्वाभाविक हो | त्यहाँ उपस्थित धेरै नेपालीहरु मध्यका केहि नेपालीहरुले सिडी र डिभिडी जस्ता अबैध व्यापार का धन्दा हरु संचालन गर्ने गरिरहेका छन् | तर केहि महिना पहिले देखि त्यस्ता अबैध धन्दाहरु बन्द गर्न अत्यन्तै कडा रुपमा साउदी सरकार र स्थानीय साउदी नागरिक हरुपनि सहभागी भएर प्रस्तुत भएको हुदा धेरै मात्रामा कमि आएको थियो  | भने एकदमै कम र निकै असुरक्षित रुपमा केहि नेपालीहरुले भने गोप्य तरिकाले चलाउदै आइरहेका थिए  |गत शुक्रबार पनि त्यसै अनुरुप केहि नेपाली हरुले त्यस्ता अबैध क्रियाकलापमा संग्लग्न भएका मैले पनि पाए | त्यसरी संग्लग्न भएका नेपाली र स्थानीय युबा (साउदी नागरिक ) हरुको बिचमा हात हाला हाल को स्थिति पैदा भयो र साउदी नागरिक २ जना लाई पिटेर लखेटियो  | त्यसपछि ति साउदी नागरिक हरुले अन्य आफ्ना साथीहरु बोलाएर करिब १० जना जतिको संख्यामा आएका साउदी नागरिक हरुले ति नेपाली (जसले पहिले साउदी कुटेर भगाएका थिए ) उनीहरुको खोजि गर्दै भेट्नेजति लाई पिट्दै थिए | एकजना को अत्यन्तै नाजुक अवस्थामा पुर्याइएको थियो र उनीलाई भने ति साउदी हरुले आफै गाडीमा लिएर गएका थिए | शंका कै आधारमा पक्रेर कुट्ने गर्न थालेपछि हामी पनि त्यहाबाट सुरक्षित हुनका लागि अर्को स्थान तर्फ लाग्न बाध्य भएका थियौ |
                                         बथा मै बस्ने एकजना साथी नरेन्द्र छन्त्याल संग बुझ्दा केहि सामान्य स्थिति भैसकेको भन्ने आयो र पुन: म बथा मा फर्किएको थिए र फेरी भेटघाट लाई निरन्तरता दिदै काम सम्पन्न भैसकेपछि फर्किएको मैले राति पनि साउदी हरु आएर होहल्ला मच्चाएको भन्ने बुझेको थिए | त्यसपछि सामान्य स्थिति मै फर्केको बथा आज शुक्रबार पुन: तनावग्रस्त भएको छ |
                   बिहान ९ बजे देखि नै करिब १०० को हाराहारी मा आएका साउदी नागरिक हरुले करिब १० जना जति नेपलिहरुमाथी कुटपिट गरिसकेको र अझै धेरै नेपालीहरु शंका को आधारमा मात्र पक्रिदै कुट्दै गरिरहेका छन् | सम्पूर्ण विवरण र जानकारी भने मैले पाउन सक्दिन किन भने हामी स्वंय जोखिम मा रहनुपर्ने हुन्छ त्यसकारण म सुरक्षित स्थान मा  नै बसेको छु |भने अन्य साथीहरु पनि त्यसरी नै लुकेर बसिरहनुभएको छ तसर्थ सबै नेपाली हरुमा आफ्नो भेटघाट र जमघट लाई अन्त्यत्र ब्यबस्थित गर्न अथवा भेटघाट नै नगर्ने योजना बनाउन अनुरोध गर्दछु | गत आइतबार मलेसियामा भएको दुखद घटनामा  पनि नेपाली हरु नै दोषी देखिएको भन्ने पाइएको छ भन्ने समाचारहरुमा बारम्बार आइरहेका छन् | यसरि नेपालीहरुले गर्ने अबैध क्रियाकलाप र अबैध धन्दा हरुले गर्दा नेपालीहरु नै असुरक्षित बन्दै गईरहेकोमा यस्ता अबैध धन्दा हरु यथासिघ्र नेपाली हरुले रोकेर श्रम गर्न आएका र सोझा नेपालीहरुलाई अप्ठेरोमा नापारिदिन बिशेष अनुरोध गर्दछु | यस्तो स्थिति लाई ध्यानमा राख्दै संयम भएर काम गर्न र गराउन हुन सम्पूर्ण नेपालीहरुमा अपिल गर्दछु | 

No comments: