Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 3, 2013

जन्ती बस तीन सय मिटर तल भीरमा खस्दा कम्तिमा १८ को मृत्यु


पाल्पा, फागुन २०- राम्दी आमडाँडाबाट जन्ती लिएर पाल्पा चिदीपानी बुढीकोट जाँदै गरेको बेहुलाबेहुलीसहित जन्ती चढेको बस पाल्पा नायरनमतलेस गाविसको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा सडकबाट करिब तीन सय मिटर तल खसी भएको दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सूर्य चन्दका अनुसार १८ वटा शव निकालिएको छ। घटनास्थल निकै अप्ठेरो भीरमा भएकाले भीरमा अड्किएको, च्यापिएको शव निकाल्ने क्रम मध्यरातसम्म जारी छ। घाइते २० जनालाई उपचारका लागि तानसेनतर्फ पठाइएको चन्दले नागरिकन्युजलाई बताए। बेहुलाबेहुलीको घाइते अवस्थामा उद्धार गरिएको छ। बेहुला केश बहादुर चर्दीसहित घाइतेहरुको तानसेनस्थित मिसन र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
बसका चालक मिलन विकको शव घटनास्थलमा च्यापिएको अवस्थामा फेला परेको छ।'मर्नेको संख्या बढ्न सक्छ,' चन्दले भने। आइतबार राति करिब साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीका अनुसार लु १ ख २७९५ नम्बरको बसमा ४५ जना सवार थिए। उनका अनुसार निकै तल खोँचमा बस खसेकोले उद्धारका लागि निकै गाह्रो भएको थियो।घटनास्थलमा उद्धार गर्न समस्या भएपछि प्रशासनले पाल्पास्थित सेनाको चण्डीप्रसाद गणलाई राति अबेर बोलाएको छ।

No comments: