निमकान्त पाण्डे, मार्च, २४ यूएई । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको JOHOR COMPANY MENG,CHOON FOOD INDUSTRIES SND BHD मा कार्यरत चिसापानी ३ स्याङ्जाका २५ बर्षिय ठागनाथ पौडेल बिगत ७८ महिना देखि सम्पर्क बिहिन भएका छन।
पारिवारिक श्रोतका अनुसार सगै कम्पनीमा कार्यरत साथीहरुसंग बुझ्दा ठागनाथ दिउसो बिमारी भै छुट्टी लिएर सुतेका थिए भने बेलुकी डिउटी सकी साथीहरु रुममा आउदा उनि रुममा नभएको जनाएका छन।
कतारमा कार्यरत गर्दै आउनु भएका निजका दाजु केशब पौडेलले भाईको अबस्था बारे धरै पटक सगै खाने बस्ने साथीहरुलाई सोदखोज गर्दा आफुहरुलाई कुनै किसिमको जानकारी नभएको बताउदै आउने साथीहरु हाल सम्पर्कबाट बाहिर छन् भने उनीहरुको मोबाईलमा फोन सम्पर्क हुन् सकेको छैन। बिगतमा सम्पर्क रहदै आउनु भएका नेपाली साथीको फोन नम्बर+६०१४६२६१४२२ हो भने कम्पनीका मालिकको फोन नम्बर +६०१२३६९३६५२ रहेको छ कतारमा रहने दाजुको फोन नम्बर+९७४३००१०८०८ रहेको छ।
मलेसियामा आफुले कसरि सम्पर्क गर्ने अन्योलमा रहेका बाताउदै पौडेलले व्यक्तिगत चिनजानका आधारमा पत्रकार भुपराज बस्याल मार्फत स्याङ्जा सहयोग समाज युएईलाई सहयोगको लागि निबेदन गर्नु भएको छ। नेपाली राजदुताबास मलेसिया साथै त्यहा स्थित सक्रिय संघ सस्थाहरु समक्ष खोजि कार्य गरिदिनुहुन हार्दिक अपिल गर्नु भएको छ।
No comments:
Post a Comment