Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 4, 2013

उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्न ४३ दलीय गठबन्धनको माग


काठमाडौ, २१ फागुण । निर्वाचन आयोगमा दर्ता भएको ४३ वटा राजनीतिक दलहरुको गठबन्धन सर्वदलीय राजनीतिक गठबन्धनले उपराष्ट्रपति परमानन्द झाको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने माग गरेको छ । 
गठबन्धनले अन्तरिम संविधानबाटै निकास खोज्नु पर्नेमा जोड दिदै प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन गर्नु संविधान विपरित हुने तर्क गरेको छ । उसले संविधानको धारा ३६ ग र झ १ बमोजिम संविधानसभाको विघठनपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै बैद्यानिक संस्थाको रुपमा बाँकी रहेकोले निकासको लागि राष्ट्रपतिले उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर अघि बढ्नु पर्नेमा जोड दिएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै  गठबन्धनका संयोजक सोभाराम थापाले ठूला दलहरुको सिण्डिकेटमा परेर मुलुक अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाउँदै राष्ट्रपति चार दलको घेरबाट निष्किएर निकास दिन लाग्नु पर्ने बताए । 
उनले संविधान बाहिरबाट खोजिने निकास आफूहरुलाई मान्य नहुने भन्दै संविधानत बैद्यानिक हैसियतमा रहेका उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिन माग गरे। 
प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु संविधान र लोकतन्त्रको बलात्कार हुने भन्दै संविधान र लोकतन्त्रलाई बचाई राख्न राष्ट्रपतिको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुसँगको छलफलको आधारमा मन्त्रीपरिषद गठन गर्नु पर्ने बताए । 
सचिव विक्रमबहादुर कुवँरले मुलुकको जिम्मा लिएका चार दल असफल भईसकेको र निर्वाचनमा आयोगमा दर्ता भएका सबै दलको हैसियत समान भएकोले अब आम सहमति विनाको निकास सम्भव नभएको बताए। 

No comments: