Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

तेक्वान्दो तालिम हल निर्माणको लागि सहयोग हस्तान्तरण


पोखरा, २५ फागुन। पोखरा रड्डशालामा तेक्वान्दो तालिम हल निर्माणको लागि बेलायतमा रहेको खेलप्रेमीहरूद्वारा सड्ढलित रकम शुक्रबार एक कार्यक्रमबीच पोखरामा हस्तान्तरण गरियो। युकेमा रही जेएन मार्सल आर्ट एकेडेमी सञ्चालन गर्दै आएका प्रशिक्षक इन्द्र गुरुङलगायतको खेलप्रेमीहरूको विशेष पहलमा सड्ढलित ५२ हजार एकेडेमीका सञ्चालन तथा प्रशिक्षक इन्द्र गुरुङले कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्।
सोही टोलीले एक वर्षअघि बेलायत तथा हङकङमा सड्ढलित साढे पाँच लाख रुपैयाँ सङ्घलाई हस्तान्तरण गरिसकेको छ।रकम हस्तान्तरण गर्दै एकेडेमीका प्रशिक्षक इन्द्र गुरुङले तालिम हल निर्माणको लागि आगामी दिनमा पनि सहयोग रकम निरन्तर आइरहने बताए। 
उनले बेलायतमा रहेका नेपाली दाजुभाइहरूबीच च्यारिटी शो गरेर रकम सड्ढलन गरेको जानकारी दिँदै उनले तेक्वान्दो खेलाडीहरूको लागि तालिम हल निर्माण गरेरै छाड्ने दाबी गरे।कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले बेलायत, हङकङ तथा अन्य देशमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीरूले तेक्वान्दो खेललाई माया गर्दै आइरहेको भन्दै त्यसैका कारण सङ्घल आन्तरिक सहयोग जुटाएर तालिम हल निर्माण गर्ने बताए।
उनले सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि प्रकट गरे। सोही अवसरमा गुरुङले सङ्घलाई छ थान किकप्याड र छ थान सिङ्गार्ड पनि हस्तान्तरण गरेको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए। प्रशिक्षक गुरुङ सहयोग रकम लिएर तीन दिनअघि मात्र पोखरा आइपुगेका थिए।
तस्विर पनि छ।
प्रकाशन तथा प्रसारणको अपेक्षासहित 
प्रेमनारायण न्यौपाने, सचिव, कास्की जिल्ला तेक्वान्दो सङ्घ, सम्पर्क ९८४६०–४९४०८

No comments: