सोलुखुम्बु, चैत २७- काँकु-४ घर भई नेले-६ बस्दै आएका ४६ वर्षीय सोमबहादुर तामाङ झुण्डिएको अवस्थमा मृत फेला परेका छन्। परिवारसहित नेलेमा पसल गर्दै आएका तामाङ आज बिहान अँगेरीको रुखमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याएको हो। यस्तै साताबुङ-९ सोलुखुम्बुका ६२ वर्षीय ग्याल्जेन शेर्पा पनि झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। परिवारसहितका शेर्पा पनि घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
सोलुखुम्बुमा यो महिनामा मात्र सात जनाको झुण्डिएको अवस्थामा शव भेटिएको छ। यस वर्षको गत साउन महिनादेखि अहिलेसम्ममा सोलुखुम्बुमा झुण्डिएर ३३ तथा विष सेवन गरेर एक जना गरी ३४ जनाले आत्महत्या गरिसकेका छन्।
No comments:
Post a Comment