
एजेन्सी
अमेरिका–अमेरिकाको बोस्टन शहरमा सोमबार राती भएको दुई बिष्फोटमा ३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ । घाइतेमध्ये आठ जना बालबालिका रहेका छन् । म्याराथुन भईरहेको स्थानमा अमेरिकाको समय अनुसार दिउँसो २ बजेर ५० मिनेट जाँदा उक्त विष्फोट भएको थियो । दुवै विष्फोट केही सेकेण्डको फरकमा म्याराथुन सकिने बेलामा भएको प्रहरीले जनाएको छ ।
कसले विष्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको अमेरिकी प्रहरीले जनाएको छ । उक्त विष्फोटको छानविनको जिम्मेवारी एफबीआईलाई दिइएको छ । उक्त विष्फोटपछि पूरै अमेरिकाको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विष्फोटको दोषी जो भए पनि उसलाई न्यायको कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । विष्फोटका जिम्मेवारहरुले त्यसको महंगो मूल्य चुकाउनुपर्ने उनको भनाई छ ।
विष्फोट कसले र किन गराएको बारे खुल्न नसकेको तर जसले गराए पनि अमेरिकाले खोजी निकाल्ने चेतावनी समेत राष्ट्रपति ओबामाले दिएका छन् ।
No comments:
Post a Comment