Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटना


सोल, वैशाख ३ - दक्षिण कोरियाको उत्तरी प्रान्त काङ्गवोनमा आज एक अमेरिकी सैनिक हेलिकोप्टर विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।उक्त दुर्घटनामा हताहतीको भने समाचार प्राप्त नभएको जनाइएको छ। सो हेलिकोप्टर दुर्घटना उत्तर कोरियाको सीमा क्षेत्र नजिकै भएको समाचारमा उल्लेख छ। उक्त हेलिकोप्टरमा तीन चालकदलका सदस्य र अन्य १३ यात्रु रहेको जनाइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार सङ्कटकालीन अवतरणपछि विस्फोट भएको सो हेलिकोप्टरबाट सबैले भागेर ज्यान बचाएका थिए। दुर्घटनामा हताहती नभएको जानकारी दिइएको छ।
उक्त दुर्घटना स्थानीय समयअनुसार मङ्गलबार अपरान्ह् करिब १ बजे भएको योनहाप समाचार समितिले जानकारी दिएको छ।
उत्तर र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहेको भनिएको बेला आज सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको समाचार आएको छ।
उक्त सैन्य अभ्यासको उत्तर कोरियाली सरकारले पिरोध गर्दै आएको छ। विगतका केही समययतादेखि यी दुई देशकाबीचमा असमझदारी बढ्दै आएको छ। रासस/एएफपी

No comments: