Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

ईरानमा शक्तिशाली भूकम्प, भारतमा पनि तीब्र झड्का महशुस

ईरानमा शक्तिशाली भूकम्प, भारतमा पनि तीब्र झड्का महशुस

काठमाडौं, वैशाख ३ । पाकिस्तान र ईरानको सीमालाई केन्द्रविन्दु बनाएर आज शक्तिशाली भूकम्प गएको छ । ७ दशमलव ८ रेक्टर स्केल मापन गरिएको भूकम्प दक्षिणी ईरानको खासमा गएको हो । भूकम्प खासको जमिनदेखि १५ किलोमिटर तल गएको बीबीसीले जनाएको छ । उक्त क्षेत्रमा वसोवास नभएकाले ईरानमा क्षति कम हुने अनुमान गरिए पनि पाकिस्तानमा भने ठूलो जनधनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । 
भूकम्प नेपाली समय अनुसार अपरान्ह ४ बजेर ३५ मिनेटमा गएको बीबीसीले जनाएको छ । भूकम्पको तीब्र झड्का उत्तरी भारतमा पनि महशुस भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने आईसकेको छैन ।

No comments: