Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

राप्ती साहित्य परिषद्ले १४ स्रष्टालाई सम्मान गर्ने


दाङ बैशाख ३ । राप्ती साहित्य परिषदले आफ्नो ३७औं वार्षिकोत्सवकाा अवसरमा राप्तीका १४ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । परिषद्द्वारा गठित प्रतिभा छनौट समितिको सोमबार घोराहीमा बसेको बैठकले संस्थामा स्थापित विभिन्न पुरस्कार एवम् सम्मान गर्नका लागि स्रष्टाहरुको नाम छनौट गरेको हो ।
आगामी बैशाख २१ गते दाङको घोराहीमा हुने परिषद्को वार्षिक समारोहमा सम्मान तथा पुरस्कृत गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले बताउनुभयो । उदासीका अनुसार राप्ती साहित्य पुरस्कारबाट दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिने भएको छ भने राप्ती सिर्जना पुरस्कार ‘युद्धभित्रका संस्मरण’ नामक कृतिका लागि प्यूठानकी सीता विक र ‘गजल गुञ्जन’ नामक गजल संग्रहका लागि हापुर दाङका सुशील गौतमलाई प्रदान गरिने भएको छ । 
त्यसैगरि दिलसरि–दल अतिरिक्त पुरस्कारबाट रोल्पाका क्षितिज मगर, विष्णुनुमा साहित्य पुरस्कारबाट सल्यानकी विष्णु शर्मा, नन्दहरि साहित्य पुरस्कारबाट दाङदेउखुरीका शिवराज पन्थी, डोमादेवी साहित्य पुरस्कारबाट रझेना दाङका सुशील गौतम, ऋषिलक्ष्मी साहित्य पुरस्कारबाट दाङका नवराज रजौरे र देवीचन्द्र साहित्य पुरस्कारबाट दाङका सुरेशसुमन डाँगीलाई पुरस्कृत गरिने उदासीले जानकारी दिनुभयो । 
त्यस्तै, अपामुकुन्द प्रज्ञा पुरस्कार दाङदेउखुरीका हरि पोख्रेल, गोपालचन्द्र प्रज्ञा पुरस्कार दाङका टीका बस्नेत, गोमा देवकोटा स्मृति कला पुरस्कार दाङदेउखुरीका नीमबहादुर थापा र खोवीलाल हुकुमादेवी छन्द साहित्य पुरस्कार रोल्पाका प्रेमप्रकाश मायालु जीएमलाई प्रदान गरिने भएको छ । 
त्यसैगरि परिषद्ले रोल्पाका नारायणप्रसाद सुवेदी, दाङका ऋषिराम रेग्मी र रोल्पाका नवीन विभासलाई सम्मान गर्ने भएको छ । अग्रज साहित्यकार गिरिराज शर्माको सयोजकत्वमा गठीत पाँच जनाको छनौट समितिमा साहित्यकारहरु उत्तमकृष्ण मजगैंया, सूर्यनाथ सापकोटा, डा।कृष्णराज डिसी र टीकाराम उदासी रहनुभएको थियो ।

No comments: