Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

काठमाण्डौ जिल्ला महासंघको सम्मेलन सम्पन्न माधव पाण्डे अध्यक्षमा निर्वाचित

अखिल नेपाल ट्रेड युनियन महासंघको प्रथम काठमाण्डौ जिल्ला सम्मेलनको महासंघका अध्यक्ष तथा प्रमुख अतिथि शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो । 
 जिल्ला सम्मेलनको उद्घाटनका क्रममा महासंघले आगामी दिनमा शुरु गर्ने चारवटा योजनाको वारेमा पनि प्रकाश पार्नु भएको थियो । आगामी दिनमा ट्रेड युनियनले सैद्धान्तिक आधारलाई मजवुत पारेर लैजाने त्यसका लागि नेपालको प्रारम्भिक चरणको मजदुर आन्दोलनको उदयदेखि हालसम्मको अवस्थाका वारेमा नयां ढंगले विश्लेषण गरी निष्कर्ष निकाल्नु पर्ने र नया अवधारणा निर्माण गरेर अघि वढ्नु पर्ने अवस्था आएको विषयलाई जोड दिदै उहांले तथ्यांक विभागले प्रकाशित गरेका डाटा अनुसार नेपालमा सवै मिलाएर १ करोड १७ लाख मजदुरहरुको तथ्यांक प्रकाशित गरेको छ । सो आधारमा राज्यको हरेक तहमा समावेशीका आधारमा मजदुरहरुको प्रतिनिधित्व सुनिश्चित नगरेसम्म संघर्ष जारी रहने छ । न्युनतम वेतन हामीले राष्ट्र वैंकले हालै गरेको महंगीको सर्वेक्षणको आधारमा रु. १२४०० माग गरेका छौं । कुनै लहड र हचुवाको भरमा होइन अतः मजदुरहरुको वेतन तत्काल नवढाए धैर्यताको वांध टुट्छ भन्नु भयो । आगामी दिनमा महासंघको कुनै पनि संगठनहरुलाई भद्रगोल र अव्यवस्थित ढंगले चलाउने वेथितिको अन्त्य गर्ने र सिस्टमेटिक ढंगलेमात्र संगठन संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सम्मेलनले माधव पाण्डेको अध्यक्षतामा ५९ सदसीय काठमाण्डौ जिल्ला समितिको गठन गरेको छ । उपाध्यक्षहरुमा कुमार पन्त, रेन्जन लामा, मुकुन्द पोखरेल, रामचन्द्र कार्की, विष्णु पौडेल, राजन पाण्डे, सागर तिमिल्सिना, मोहनसिंह धामीलाई चयन गरेको छ सचिवमा राजेन्द्र शर्मालाई, कोषाध्यक्षमा रमेश खत्रीलाई  सहसचिवहरुमा केदार भण्डारी, डम्वरसिंह राना, रामचन्द्र रिजाल, सरोज सुवेदी, रामजि मण्डल, भक्त रानामगर, हरिस थापा, चक्र खत्री, टंक बुढाथोकी, इन्दिरा पाठक, हरि रसाइलीलाई र सदस्यहरुमा कल्याण भण्डारी, लक्ष्मण न्यौपाने, रामवहादुर तामाङ्ग, पुरन्जन गिरी, प्रेम गिरी, महेश्वर धमाला, अमित लामा, विमला आचार्य, राजेन्द्र सापकोटा, केसर वहादुर वि.क., छविलाल, कविता वुढाथोकी, सन्तोष नेपाली, पशुपति फुयांल, शान्ता लुईटेल, रामचन्द्र ढुंगाना, सुरेश नेपाली, आशकुमार राई, विष्णु पाण्डे, प्रकाश पाण्डे, नारायण पोखरेल, हरेन्द्र तामाङ्ग, जे.बी. कार्की, कमला नेपाल, भवानी राउत, डम्वरसिंह ठकुरी, रविन्द्र ठाकुर, लक्ष्मी पराजुली, चन्द्रकुमारी तामाङ्ग र हुमवहादुर भण्डारी चयन भएका छन । 
सम्मेलनलाई काठमाण्डौ उपत्यका कमाण्ड प्रमुख जगत सिम्खडा, राजकुमार लामा, महिला समिति प्रमुख उषा देवकोटा लगायतले सम्वोधन गर्नु भएको थियो । बन्द सत्रमा माधव पाण्डेले काठमाण्डौ जिल्ला महासंघको मौखिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  कुमार पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो भने रामचन्द्र कार्कीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

No comments: