Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

बि.स.२०७० सालको भित्तेपात्रोलाई जनप्रगतिशिल मन्च बहराइले नेपाली माझ बितरण गर्दै

निमकान्त पाण्डे,१५ अप्रिल । नयाँ बर्ष बि.स. २०७० सालको नेपाली भित्तेपात्रोलाई नेपाली जनप्रगतिशिल मन्च बहराईनले एक कार्यक्रमबिच बिमोचन तथा नव बर्ष शुभ कामना आदान-प्रदान कार्यक्रम सहित बैदेशिक रोजगारीका निम्ति बहराईनमा कार्यरत नेपाली माझ  बितरण गरिने भएको मंचका महासचिब नारायण रपाल विश्वाकर्माले जानकारी दिनु भएको छ।
२०७० बैशाख १ का दिन नव बर्षको सु-अवसरमा शुभ कामना स्वरुप मन्च द्वारा प्रकासित क्यालेन्डर बिधिबत रुपमा बिमोचन गरिएको छ। मन्चका अध्यक्ष धर्म राज भट्टराइको सभापतीत्वमा भएको उक्त कार्यक्रमको सन्चालन महासचिब नारायण रपाल विश्वाकर्माले गर्नु भएको थियो। शुभ-कामना अदान प्रदान कार्यक्रममा मंचका केन्द्रिय समितीका पदाधिकारीहरु तथा क्षेत्रिय,ऐरिया समितीका प्रतिनिधिहरु सहित उल्लेखनियको उपस्थिती रहेको थिए ।
देस र जनताको हक-अधिकार र बर्गिय मुक्तीका लागि बिभिन्न कालखन्डमा भएका आन्दोलनहरु मा ज्यानको बलिदानी दिनुहुने महान सहीदहरु प्रती हार्दिक श्रदान्जली स्वरुप मौनधारणा गर्दै सुरु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च बहराईन का अध्यक्ष धर्म राज भट्टराई,सस्थापक दितिय उपाध्यक्ष नारायण रपाल विश्वाकर्मा 'हाल महासचिब' र महिला सदस्य गीता सापकोटा 'स-कोषाध्यक्ष' बाट सयुक्त्त रुपमा ''नेपाली भित्तेपात्रो २०७०'' को अनाबरण गरी उदघाटन गरिएको थियो। 
कार्यक्रममा मन्चका केन्द्रिय दितिय उपाध्यक्ष लक्ष्मी तमाङले उपस्थित जनसमुदायलाई शुभ कामना मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो भने मन्चका पदाधिकारीहरु प्रथम उपाध्यक्ष क्षेत्र देबकोटा, त्रितिय उपाध्यक्ष सालीकराम गौतम,कोषाध्यक्ष लाल बहादुर पाठक,मानमा क्षेत्रका क्षेत्रीय अध्यक्ष करन थापा,अस्कर क्षेत्रका क्षेत्रीय अध्यक्ष रत्न लिम्बु तथा अलदुर क्षेत्रका क्षेत्रीय अध्यक्ष गेहराज घर्ती मगरले आफ्नो मन्तब्य राख्ननु  भएको थियो। 
पाप्त जानकारी अनुसार बहराईनमा यसकिसिमको पहिलो प्रयास भएकोले केही त्रुटीहरु भएमा आगामी दिनहरुमा सच्याउदै जनमानसमा लैजाने बाचा सहित कार्यक्रमको समापन गरिएको थियो।

No comments: