Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

नेपाली कल्याणकारी समाज, यूएईले शुभकामना सहित बिविध सांस्कृतिक कार्यक्रम गर्यो


खेमराज खनाल- दुबई, यूएई
१६ अप्रिल २०१३
नेपाली कल्याणकारी समाज, यूएईले नव–वर्ष २०७० को उपलक्ष्यमा हिजो १५ अप्रिल कादिन शारजाह स्थित मजाज पार्कमा एक कार्यक्रमको आयोजनागरी शुभकामना आदानप्रदान सहीत बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो ।समाजका संस्थापक, समाजसेवी, बुद्धिजीवी श्री शंकर ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली, इन्डीएन, पाकिस्तानी, बंगलादेशी र अरबीहरु अतिथिरहेकाथिए प्रमुख अतिथिबाट मैनबत्तिमा दियो जलाई केककाटेर उद्घघाटन गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रमा कार्यरत् ब्याक्तिहरुको उपस्थिती रहेको थियो भने बिभिन्न किसिमका गित, गजल, नृत्य तथा दोहोरीगित प्रतियोगिता गरिएकोथियो उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार दिनुकासाथै लक्कीड्र मोबाईलसेट भाग्यशाली चिट्टा उपहार दिईएको थियो । 
समारोहलाई अमृता पौडेल र अनिता थापले स्वागतगितबाट सुरुवात गरेका थिए त्यसैगरी संस्थाका महासचिव रबिन्द्र फुयाले शुभकामना मन्तब्य सहित संस्थाले हालसम्मगरेका गतिबिधि प्रस्तुत गरेका थिए । कुमार राई, सिता नेपाली, सुमन श्रेष्ठ, सुरेश घिसिङ्ग, संगिता थापा, श्याम होमागाई लगाएत अन्य पत्रकार र समाजसेबी, बुद्धिजिवीहरुले शुभकामना मन्तब्य ब्यक्तगर्दै कल्याणकारी संस्था र यसका संस्थापकको प्रशंसागर्दै आफुहरुपनि संस्थामा आवद्धहुन इच्छुक भएको जनाएका थिए । 
नेपालीहरुको साझा सँस्था नेपाली कल्याणकारी समाज, यूएईले यहांरहेका बिभिन्न किसिमका पिडीतलाई राहतदिने तथा उद्धारका कामगर्नुकासाथै यूएईमा थुप्रै सामाजिक कार्यहरु गरीसकेको र नेपाली कला–संस्कृतिको जर्गेना, पत्रकार, कलाकार, साहित्यकार साथै खेलाडी हरुलाई प्रशंसा कदरगर्ने, नयांबर्ष, हरितालिकातिज, दशै–तिहारको उपलक्ष्यमा शुभकामनाका साथ बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम, बिभिन्न किसिमका समस्यामा परेका पिडीतलाई राहतदिनेकाम यूएईमारहेका संघ–संस्थाहरुसंग सहकार्य गर्ने काम गर्दै नेपालमा रहेका अनाथ बालबालिका, बृद्घ–बृद्घा बिभिन्न किसिमका रोगी, पिडितहरुलाई आर्थिक सहयोगगर्ने कार्यहरु योसंस्थाले गरिसकेको बिभिन्न बक्ताहरुले जानकारी गराउदै संस्थापकको प्रशंसा गरेकाथिए । 
संस्कृतिक कार्यक्रमको सुरुवातमा शुभकामना सहित गजल प्रस्तुतगरिएको थियो भने संगिता थापाको नृत्यबाट गुन्जायमान भएको कार्यक्रममा सिता नेपालीको नृत्यले सबैलाई नचाएकी थिईन प्रकाश कोइरालाको जोडीले कम्मरमर्काइ मर्काइ नाचेर दर्शकलाई वान्समोर भन्न बाध्य बनाएकोथियो भने प्रेम नेपालीको जोडी र श्याम होमागाईको जोडीले सबैलाई उल्लाहस बनाउदै नचाएकोथियो त्यसैगरी दोहोरी गित प्रतियोगिताका प्रतिष्पर्दीहरुको कम्पीटिशनले जज्मेनलाई प्रथम, द्वितिय, त्रितियछुट्टाउन हम्मेहम्मे परेकोथियो ।  
बिभिन्न किसिमका परिकारहरु खसिको मासु, चिउरा, नेपाली अचार, नेपाली स्टालको पुलाउ, तरकारी, चटनी, बिभिन्न किसिमका जुश, पेप्सी लगाएतका परिकारको स्वादलिदै अतिथिहरु र बिदेशी पाउनाहरु अरबि, इन्डीएन, बंगाली, पाकिस्तानीले नेपाली परिकार, गित गजल हास्यब्यङ्गय र नृत्यको भरपुर मनोरञ्जन लिएकाथिए ।
दोस्रो सेशनको कार्यक्रममा प्रमुख अतिथीबाट शुभकामना मन्तब्य ब्यक्तगर्दै अतिथिहरुलाई धन्यवाद दिदै संस्थालेगरेको कार्यक्रमप्रति आभार ब्यक्तगर्दै यसरी नै भोलिकादिनमापनि नेपालीहरु मीलेर नेपालको कला संस्कृतिको जर्गेनागर्दै चाडपर्व मनाउन र बिदेशमा नेपाल  नेपालीको पहिचान बढाउन आग्रहगर्दै आयोजकटिमलाई धन्यवाददिदै आ–आफ्नोकला प्रस्तुतगर्नेलाई धन्यवाद ज्ञापनगर्नुकासाथै प्रतिष्पर्दाका बिजेताहरुलाई प्रथम, द्वितिय, त्रितिय पुरस्कार बितरणगरेकाथिए ।
कार्यक्रमको सभापतित्व शोभा भण्डारीले गरकिथिइन भने अतिथिमा नेपाली, इन्डीएन, पाकिस्तानी, बंगलादेशी र अरबीहरुरहेका थिए । उक्त कार्यक्रमको सञ्चालन पत्रकार खेमराज खनालले नेपालीमा र रबिन्द्र फुयालले अगे्रजीमा सञ्चालन गरेकाथिए । अन्तमा अध्यक्ष द्धारा आफ्नो मन्तब्यराख्दै अतिथि लगाएत उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाले गरेकाकार्यको प्रशंसागर्दै समाजप्रति इमान्दार लगनशिल एवं मेहनती भएरकामगर्न आग्रहगर्दै आफु बिभिन्न संघ–संस्था एवं ब्याक्तिसंग मिलेरकामगर्दै जानेधोको पुरानभएको बताउदै सबै मिलेर कल्यणकारी संस्थालाई अगाडी बढाउन आग्रहगर्दै आफ्नो तर्फबाट हरेककिसिमको सहयोगगर्न तत्पररहेको जनाउदै नेपालको कला सँस्कृतिको बिकाश एवं बिस्तारगर्ने र बिदेशि मुलकमा नेपाल र नेपालीको पहिचान बढाउन पहलगर्ने जस्ता उद्धेश्यहरु बोकेको समाजलाई अझ अगाडी बढाउने प्रतिबद्धताकासाथ सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेकीथिइन । 

No comments: