Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

नयाँ बर्ष २०७० को स्वागतको लागी स्या.स.स ले बजायो “पञ्चेबाजा”


जिवन डोटेल दोहा 
कतारमा रहेका स्याङ्गजा वासीहरुको साझा संस्था स्याङ्गजा सहयोग समाज (स्या.स.स) दोहा कतार ले १२ अप्रिल २०१३ का दिन समाल पार्कमा विक्रम संम्वत २०६९ लाई विदाई गर्दै नयाँ बर्ष २०७० लाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना आदन प्रदान तथा वनभोज कार्यक्रम धुम धाम का साथ सम्पन्न गरेको छ । 
\नेपाली संस्कृतीको शुभ साइत मा बजाईने साँस्कृतीक बाजा “पञ्चेबाजा” बजाएर उदघाटन गरिएको उक्त कार्यक्रम संस्थाका कार्य वाहक अध्यक्ष रामु वस्याल सभापती तथा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक राजेशदर्शन अर्याल प्रमुख अतिथी रहनु भएको थियो भने उक्त कार्यक्रको विशेष अतिथी संस्थाका प्रमुख सल्लाहाकार गुरुनारायण रानाभाट तथा अतिथीहरुमा संस्थाका सल्लाहाकार सदस्य विल गुरुङ्ग, दिपक पौडयाल, लोक माया क्षेत्री, एंव संस्थापक सचिव कमल न्यौपाने, नेपाली महिला संघकी अध्यक्ष रेखा राई रहनु भएको उक्त कार्यक्रम सचिव हुम नाथ गैह्रेले संचालन गर्नुभएको थियो ।
राष्ट्रीय गान बाट सुरु गरिएको कार्यक्रममा सचिवालय सदस्य एंव सदस्यता तथा नविकरण संयोजक वेद पाठक द्धारा स्वागत मन्तव्य तथा स्या.स.स नव प्रतिभा द्धारा स्वागत गित प्रस्तुत गरी उपस्थीत सबैलाई स्वागत गरिएको थियो भने कार्यक्रममा पञ्चेबाजा ले विच विचमा नेपाली सँस्कृती झल्कने प्रस्तुती प्रदान गरिरहेको थियो । उक्त शुभ कामना आदन प्रदान तथा वनभोज कार्यक्रमका संयोजक तथा संस्थाका द्धितिय उपाध्यक्ष गोप सुनार विशेष अतिथी संस्थाका प्रमुख सल्लाहाकार गुरुनारायण रानाभाट संस्थापक सचिव कमल न्यौपाने, सल्लाहाकार विल गुरुङ्ग,  नेपाली महिला संघकी अध्यक्ष रेखा राई, स्याङ्गजा वासी महिला पेमा कडेल लगगायतले विगतझै नयाँ बर्ष २०७० मा पनि स्याङ्गजा सहयोग समाजले सामाजीक क्षेत्रमा सवल काम गरी उच्च स्थान कायमै राख्न सकोस भन्दै सबैमा शुभकामना ब्यक्त गर्नु भयो । साथै उक्त कार्यक्रममा कर्यक्रमका प्रमुख अतिथी राजेश दर्शन अर्याल ले स्याङ्गजा सहयोग समाज प्रतेक कार्यमा अग्रणी भुमिकामा रहेको उल्लेख गर्दै भोलीका दिनमा अझ राम्रा काम गरि अगाडि बड्ने  शुभकामना दिनु भएको थियो । संस्थापक उपाध्यक्ष तथा संरक्षक पुर्ण केसी, संस्थाका कार्यसमिती पदाधिकारीहरु, इकाई तथा विभागका पदाधिकारीहरु लगायत उल्लेख्य स्याङ्गजा वासीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा हाल विदामा नेपाल जानुभएका संस्थाका अध्यक्ष टुक राज अर्यालले फोन बाट सबैमा २०७० को शुभ कामना प्रकट गर्नुभएको थियो । भने कार्यक्रमका सभापती रामु वस्यालले उक्त कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुने प्रमुख अतिथी, विषेश अतिथी, अतिथीहरु, कार्य समिती सदस्य, इकाई तथा विभागका पदाधीकरी,उक्त शुभ कामना आदन प्रदान तथा बनभोज कार्यक्रम ब्यबस्थापक समितीका संयोजक गोप सुनार, सहसंयोजक द्दय दिल गोदार, वेद पाठक, सदस्य धनन्जय लम्साल तथा उपस्थीत सबैलाई धन्यवाद सहित शुभकामना ब्यक्त गर्नु भयको थियो । भने उक्त कार्यक्रममा पञ्चेबाजाको ब्यवस्थापन नेपाल प्रवास दलित एकता संघ एवं यातयातको ब्यवस्थापन पिजन इन्जिनियरीङ्ग तथा नारायण सिंह गुरुङ्ग ले गर्नुभकोमा अध्यक्ष वस्याल ले विषेश धन्यवाद दिनुभएको थियो । सथै कार्यक्रममा आर्थीक सहयोग गर्नुहुने पिजन इन्जिनियरीङ्ग का मेनेजर याम के.सी यूयई एक्सचेञ्ज लगायत लाई धन्देवाद ज्ञापन गर्नु भएको थियो । भने औपचारीक कार्यक्रमको अन्तेपछी साँस्कृतिक टोली द्धारा अनौपचारीक रुपमा बनभोजलाई रमणीय बनाउने साँस्कृतिक कार्यक्रम हुने जानकारी सहित कार्यक्रमको  समापन गर्नुभएको थियो । 
औपचारीक कार्यक्रमको लगत्तै अनौपचारीक कार्यक्रम स्या.स.स नव प्रतिभा साँस्कृतिक परिवारका संयोजक शिवराम ढकालले संचालन गर्नुभएको थियो । भने उक्त मनो रञ्जनात्मक कार्यक्रममा स्या.स.स की महिला सदस्य टौमाया गुरुङ्गको नृत्य प्रशंसनिय रहएको थियो भने बाजा गाजाको साथमा गायक मनु विक, दयाराम गुरुङ्ग, ले स्याङ्गजा झल्कने गायन प्रस्तुत गर्नुभएको कार्यक्रममा नृत्य निर्देशम राजन कुमार, बाल कलाकार सरोज लगाएत कार्यसमितीका पदाधिकारीहरु समेतले मनोरञ्जोनात्मक नृत्य प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा स्याङ्गजा सहयोग समाज लाई हरपल सहयोग गर्ने यूयई एक्सचेञ्ज द्धारा नै पैसा पठाउने गरम भन्ने गित शिवराम ढकालले गाँउदा उपस्थित मास मज्जाले कम्मर मर्काई मर्काई नाचेको थियो । भने कार्यक्रममा विभीन्न कलाकारको क्यारीकेचर गरेर मनोरञ्जान प्रदान गर्ने देखी लिएर पञ्चेबाजाको ताल र सालैजो भाकामा उठ वस गर्ने स्थानीय कलाकारको पनी कुनै कमी थिएन । 



No comments: