हाम्बर्ग,जर्मनी अन्तराष्ट्रिय नेपाली कलाकार समाजले १४ अप्रिलमा आयोजना गरेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता र इनास द बेस्ट फिल्म अफ द एअर अवार्ड कार्यक्रम शानदार र भव्य रुपमा सम्पन्न भएको छ । करिव एक हजार भन्दा बढि दर्शकहरुले अबलोकन गरेको उक्त कार्यक्रमलाई जर्मनीका लागि नेपाली राजदुत सुरेश प्रसाद प्रधान, रामप्रताप थापा, दिल गुरुङ, अनेकसका ग्लोबल कमिटिका प्रेसिडेन्ट पुस्प बरुवाल, प्रोग्राम म्यानेजमेन्ट कोअर्डिनेटर सरोज गुरुङ र पुरस्कार र अन्य प्रायोजन गर्ने प्रायोजकहरु, उपस्थित सबै संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त दियो बालेर उदघाटन गर्नु भएको थियो ।
धेरै महादेशका प्रतिनिधीहरु र दर्शकहरुको उपस्थिति भएको कार्यक्रममा डान्स प्रतियोगितामा जर्मनीको आस्मा कँडेल प्रथम हल्याण्डको समिरा बरुवाल दोश्रो स्पेनको सोनु क्षेत्रि तेस्रो, बेल्जियमको एन्जिला सुबेदी चौथो, बेल्जियमकै दीपिका केसी पाँचौ भएका थिए ।

नेपाली नृत्य र अभिनय क्षेत्रमा योगदान गर्ने वरिष्ट कलाकार मिथिला शर्मालाई अन्तराष्ट्रिय कलाकार समाजले सम्मान गर्यो भने नेपाल चलचित्र बिकास बोर्डले नेपाली नेपाली कला र संस्कृतिको उत्थानको लागि उल्लेख्य काम गरेको र विदेशबाट नेपाली फिल्मको प्रोमोसनको लागि काम गरेकोमा नेपाल सरकारको तर्फबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाजलाई ताम्रपत्रले सम्मान गएको थियो । धेरै सफल रुपमा सम्पन्न भएको कार्यक्रममा नेपाली राजदुत सुरेश प्रधान, एनआरएनको सम्रक्षक राम प्रताप थापा, इनासको केन्द्रीय अध्यक्ष पुस्प बरुवाल र इनासको सबै प्रतिनिधिहरु, एनआरएनका सल्लाहकार र एन आरएन जर्मनीका फाउन्डर प्रेसिडेन्ट दिल गुरुङ, एनआरएन जर्मनीको अध्यक्ष पुस्प थापा, जनसम्पर्क समिति जर्मनीको प्रेसिडेन्ट सरण केसी, लोकतान्त्रिक मंच, एनडिएफ सबै संघसंस्थाको प्रतिनिधि, नेपालबाट आउनु भएको कलाकारहरुले संयुक्त रुपमा अनेकसले संचालन गरेको कलाकार कल्याणकारी कोष निर्देशिका बिमोचन गरेर कोष सुरु भएको घोषणा गर्नु भएको थियो । कार्यक्रममा सूरज सुब्बाले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र बितेका पल को सीडी पनि बिमोचन गरिएको थियो ।


No comments:
Post a Comment