चैत्र २१/ एजेन्सी,राष्ट्रसंघका महासचिब बानकी मुनले उत्तर कोरियाका कारण विश्वमा युद्धको खतरा बढ्दै गएको बताउनु भएको छ । उत्तर र दक्षिण कोरियाबिच हालैका दिन यता देखा परिरहेको विवादलाई संबोधनत गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो । मुनले उत्तर कोरियाको कारण हालैका केहि दिनयता बाताबरण विग्रीएको पनि बताउनुभयो । उत्तर कोरियाको भनाई एक युद्धमा धकेल्ने प्रयास जस्तो देखिएको छ, उहाले भन्नुभयो । उत्तर कोरियाले केहि दिन अघि मात्रै दक्षिण संग औपचारिक युद्धको घोषणा गरेको थियो । उत्तर कोरियाले दैनिक जसो नै दक्षिण कोरिया र अमेरीका विरुद्ध दिएको युद्धको धम्कीका कारण यो अबस्था आएको मुनले टिप्पणी गर्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment