Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, July 19, 2015

तिमी नै तिमी छौ मेरो सेरोफेरो

प्रवासी जीवनलाई विट मार्दै नेपालमै संघर्ष गर्छु भन्ने संकल्प गरेर स्वदेश फर्केका प्रकाश ढकाल ‘अञ्जान’ मोडलिङको क्षेत्रमा झुल्किएका छन् । प्रवासी बसाईमा सामाजिक कार्यमा समेत निकै सक्रिय अञ्जानले आफ्नो जीवनको गोरेटो नयाँ क्षेत्रमा परीक्षण गर्दैछन् । कला र सक्रिय कदमलाई केहीले पनि रोक्न सक्दैन । अञ्जानभित्र लुकेर रहेको त्यही कला र सक्रियता अब छल्किन थालेको छ । हेरौं, राजेन्द्र कँडेलको शब्द–सिर्जना, राजेन्द्र कँडेल र देवी घर्ती मगरको स्वरमा बि.के. रोल्पालीद्वारा संगीतवद्ध यो लोकदोहरी गीतमा प्रकाश ढकाल ‘अञ्जान’ र रुपा कँडेलको अभिनय ।

Friday, January 3, 2014

जिन्दगीको गोरेटोमा ..raj aparichit jeewan

राज अपरिचित जीवन 

मन मा कुरा खेलिरहेका थिय अनि कुरा हरु  बीच नै संघर्स परिरहेको थियो मन अस्थिर नै  थियो   कल्पना को त्यो  अर्धनग्न सरिर मेरो मस्तिस्क मा नराम्रो झट्का हानिरहेको थियो समाज मा चल्ने हल्ला हरु अनि कल्पना को सोचाइ मा पर्ने दुबिदा हरु मेरो मस्तिस्क मा बाण  झैँ घोपिदै थिय अनि प्रिती प्रति को प्रेम को पाराकास्टले कल्पना र मा बीच अर्को एउटा सम्बन्ध पैदा गर्दिएको थियो . . ? सामाजिक परिबेस मा मैले कल्पना लाइ जसरि पनि स्विकार्नु पर्ने थियो  भोलिका दिल मा कल्पना माथि आइपर्ने ति बाण  रुपी सब्द अनि मा प्रति जाग्ने घृणा बाट मैले कल्पना लाइ अपनाउनु पर्ने  थियो अझ प्रिती को याद मा बेहोसी भैसकेको मा भोलि थुप्रै कल्पना हरु मेरो पागल पन को सिकार हुने खतरा थियो दिमाग मा यिनै  प्रस्न हरु बादबिबाद खेलिरहेका थिय  तेतिकै मा निदाएछु l    मोबाइल को रिङ्ग्टोन सगै निन्द्रा खुल्यो मोबाइल मा रिङ्ग्ग्टोन बजिरहेको थियो मैले कल्पना लाइ उठाय l

 कल्पना को घर बाट  फोन आएको रहेछ उनले फोन उठाइनन .   कल्पना लाइ मा एकनास ले हेरिरहेको थिय  हिजो को दिन मा भन्दा आज उनलाई मैले अर्कै रुप मा देखिरहेको थिय  बेला बेला उनका आखा म पट्टि फर्किदा हाम्रा आखा हरुजुदिरहन्थे  सब्द बिना नै हाम्रो गुफ हुन थाल्यो   भने मेरो मुटु डर बाट मुक्त भयो मैले जुनसुकै मूल्य मा पनि कल्पना लाइ  स्वीकार्ने   निधो गरे  अब फेरी म काले को ग्यान्ग्ग छोडेर आफ्नै संसार बसाल्ने अठोट का साथ् फेरी पनि यो बत्ति नै बत्ति को अन्धकार सहरमा रुमल्लिन थाले ... कल्पना  क्याम्पस आउने बहाना मा सधै मेरो कोठा मा आउने गर्थिन मैले क्याम्पस  जान छोडेको हुनाले उनीपनि  क्याम्पस को समय मेरो कोठा मा नै बिताउने गर्थिन .कल्पना र मेरो सम्बनध येसरी नै अगाडी बढिरहेको थियो ....... अकस्मात एकदिन कल्पना ले बेलुकी ५ बजे तिर फोन गरिन  मा काम मा नै बेस्ट थिय ओहो  २ ०  चोटी भन्दा बढी फोन आइसकेको रहेछ काम को बेस्ताताले मैले फोनको घन्टी बजेको पत्तै पाइनछु हत्त न पत्त उनको फोन उठाय उनको आवाज डराएको थियो अनि स्वोर अस्पस्ट थियो  उनले मा सग कुरा लुकाएको भान     भैरहेको थियो  बेलुकी भेट्ने बाचा का साथ  मैले फोन राखे  . बेलुकी छिटो छिटो  उनले दिएका ठाउ मा गए उदास मुद्रा मा उनि तेहा प्रस्तुत भएकी रहिचिन मलाइ देखने बित्तिकै रुन थालिन  ............................ 

घर बाट उनको बिहेको कुरो चलेको रहेछ यो महिना भित्र केटा हरु हेर्न आउदैछन रे अस्पस्ट आवाज मा उनले मलाइ जानकारी दियिन  विभिन्न आस्वासन दिएर मैले उनलाई तेहा बाट बिदा दिय .....भोलिपल्ट बिहानै म  कल्पना को घर गय मैले कल्पना को आमा बाबु सग कल्पना र मेरो प्रेम सम्बन्ध रहेको अनि हामि एक अर्का लाइ प्रेम गर्छौ   मेरा सब्द हरु भुइमा झरना नपाउदै कड्के स्वर  मा गज्रिदै कल्पना का  बुबा ले मेरो आर्थिक स्तिथि माथि प्रस्न तेर्स्याउनु भयो "प्रेम ले भोक भरिदैन येत्रो अईयासिमा हुर्केकी मेरी छोरि त्यो झुपडी मा बस्न सक्दिन " येस्तै येस्तै सब्द हरु ले उहाले मलाइ प्रहार गरिरहनु भयो अनि मा नाजवाफा भएर ति कुरा सुनिराखे 

क्रमस ..........................

https://www.facebook.com/aparichitjeewan


Tuesday, December 17, 2013

भीमेश्वरमा पसिना आउँदा कहिले के भयो ? (फोटो फिचरसहित)

दोलखा, पुस १ - मन्दिर र देवताहरुको प्राचीन सहर दोलखा बजारको उत्तरमा अवस्थित भीमेश्वरको शीलामा आइतबार अपरान्ह 'पसिना' आएपछि दर्शनार्थीहरुको घुइचो लाग्यो ।
शीलाको चारैतिरबाट पानीका थोपाहरु निस्कदै झर्दै गरेपछि परम्परा अनुसार मन्दिरका घण्टाहरु बजाउन थालियो भने दोलखाका नेवार समुदायले विभिन्न पर्वमा बजाइने बाजाहरु बजाउन थालियो । पानीको थोपा आउने र झर्ने अवस्थालाई 'पसिना आएको' ठानेर शीलालाई चम्मरले हम्कदै कपासका टुक्राले पसिना पुछ्न थालियो । मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले राजपुजा सक्ने वित्तिकै करिब साढे तीन बजे शीलाको रंग फुस्रो भएर चिल्लो कालो हुदै पसिना आएको दृष्य देखेपछि कपासले पुछिदिन थाले । उक्त प्रकृया करिब ५ बजेसम्म भैरहदा हजारौ दर्शनार्थीले मन्दिरको दर्शन गरे । 
देशमा अनिष्ट वा परिवर्तनका पूर्व संकेतस्वरुप पसिना आउने विश्वास राख्ने स्थानीयले पसिना पुछिएको कपासलाई राजाको शासनका बेला राजदरबार र प्रजातन्त्र प्राप्तिपछि राष्ट्र प्रमुखहरुलाई पठाउने गरेका छन् । '२०६४ मा पसिना आउदा प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला पठाइएको र यसपाला राष्ट्रपतिलाई पठाउने निधो भयो,' स्थानीय टिकानारायण प्रधानले बताए । स्थानीय भगवानदाश श्रेष्ठका अनुसार पसिना आएपछि तत्कालीन राजदरबारको चासो हुन्थ्यो र कपास प्राप्त भएपछि 'क्षेमापूजा' गर्नका लागि खर्च पठाउने चलन थियो । पछि पनि जसलाई कपास पठायो उसैले स्थानीय प्रशासनको अगुवाइमा क्षेमा पूजा गरिने चलन छ ।
 दोलखा बजारका धर्म, संस्कृति र इतिहासको अध्ययन गर्दै रहेका शान्तकृष्ण श्रेष्ठका अनुसार करिब १९९० सालदेखि यता भीमेश्वरमा आएको पसिनाबारे जानकारी राखेका छन् । उनका अनुसार जब पसिना आउन थाल्छ, भीमेश्वरको कालो शीला खैरो हुदै जान्छ । त्यसपछि क्रमिक रुपमा शीलाको माथिल्लो भागमा पानीका थोपाहरु देखिदै र्झन थाल्छन् । यो दृष्य प्रकट हुनेवित्तिकै घण्टाहरु बजाएर सर्वसाधरणलाई जानकारी गराइन्छ । घण्टाको आवाज गञ्जनेवित्तिकै मानिसहरु दर्शन गर्न र कपासका टुक्रा लिन घुइचो लाग्छ । यो पटक पनि साझसम्म कपास लिन पर्खेका दर्शनार्थीलाई प्रहरीको साहयताले कपास बाँडिएको थियो । मन्दिरमा भेला भएका दर्शनार्थीले धुप बालेर पसिना नरोकिएसम्म प्रथाना गरिरहे । कतिपयले आफैले ल्याएको घण्टी बजाइरहेका थिए ।
शिलामा पसिना आएपछि पुछिएका कपासलाई साँझ नै प्रतिक्षरत दर्शनार्थीलाई बाँडियो भने बाँकी कपास स्थानीय प्रशासनलाई बुझाइने भीमेश्वर मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले प्राप्त कपासलाई स्थानीयको निर्णय अनुसार राष्ट्रपति कार्यालयमा पठाइने बताए ।
भीमेश्वरमा शीलामा 'पसिना' आएको साल    पसिना आएपछि भएको  घटना
विक्रम सम्बत् १९९० महा भुकम्प
विक्रम सम्बत् १९९७ शहीदलाई फँसी
विक्रम सम्बत् २००७ प्रजातन्त्रका लागि क्रान्ति
विक्रम सम्बत् २०११ राजा त्रिभुवनको मृत्यु
विक्रम सम्बत् २०१५ राजनीतिक उतारचढाव
विक्रम सम्बत् २०१८ भीषण बाढी पहिरो
विक्रम सम्बत् २०२८ राजा महेन्द्रको मृत्यु
विक्रम सम्बत् २०३६ जनमत संग्रह
विक्रम सम्बत् २०४५ भूकम्प र दोलखामा पहिरोको ठूलो घटना
विक्रम सम्बत् २०४६ बहुदल प्राप्ति
विक्रम सम्बत् २०५८ को माघ १ गते र पुष ३ गते दुईपटक राजपरिवार हत्या
विक्रम सम्बत् २०६४ संविधानसभा निर्वाचन

(नोटः अनुसन्धानको पर्खाइमा दोलखा पुस्तक र स्थानीय बुढापाकाहरुको भनाईमा आधारित)



दूतवासका कर्मचारी कुवेतमा पक्राउ

काठमाडौं-  २ पुष, दूतावासका दुई कर्मचारीसहित तीन नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि कुवेतस्थित नेपाली दूतावासले मानहानि भएको भन्दै त्यहाँको सरकारलाई विरोधपत्र बुझाएको छ।


प्रहरीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा कार्यरत राजु क्षेत्री तथा स्वराज अहमद र क्षेत्रीकी पत्नीलाई पक्राउ गरेको थियो। दूतावासको पहलमा दुवै कर्मचारी रिहा भइसकेका छन् भने क्षेत्रीकी पत्नी प्रहरी नियन्त्रणमै छिन्। कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म घटना गुपचुप नै राखिएको थियो।
प्रहरीले बिनाजानकारी कर्मचारी पक्राउ गरेपछि दूतावासले सोमबार कुवेतको विदेश मन्त्रालयलाई विरोधपत्र बुझाएको हो। 'हाम्रो मानहानि भयो भनेर कुवेतको विदेश मन्त्रालयलाई प्रोटेस्ट लेटर (विरोधपत्र) बुझाएका छौं,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा नागरिकसँग भने, 'कुवेतको विदेश मन्त्रालयले नहुनुपर्ने भयो भनेर मौखिक रूपमा क्षमयाचना गरेको छ। यसलाई सकेसम्म छिटो कूटनीतिक तहबाट समाधान गर्न हामीले भनेका छौं।'
राजदूत पौडेलले कर्मचारीकी पत्नीको मुद्दा–मामिला भएकाले रिहा गर्न नसकिएको जानकारी दिए। उनलाई मंगलबार रिहा गर्ने सम्भावना भएको पौडेलको भनाइ छ।
राजदूत पौडेलका अनुसार उनी एक ब्युटी पार्लरमा काम गर्थिन्। नेपालबाट '१८ नम्बर भिसा'मा गएकी उनले ब्युटी पार्लरमा काम गरेको तीन वर्ष पूरा भइसकेको थियो। कुवेती कानुनअनुसार १८ नम्बर भिसामा जाने कामदारले तीन वर्षपछि स्वेच्छाले रोजगार तथा मालिक फेर्न पाउँछन्। ती महिलाले पनि अर्को ब्युटी पार्लरबाट राम्रो 'अफर' आएपछि पुरानो ठाउँको काम छाडेकी थिइन्।
कुवेतमा छिर्नेबित्तिकै प्रायः कामदारको राहदानी रोजगारदाता(मालिक)ले लिने गर्छन्। उनीहरूको करार अवधि सकिएपछि मात्र मालिकले राहदानी फिर्ता गर्ने अभ्यास छ। राहदानी फिर्ता नभएसम्म अर्को ठाउँमा काम गर्न पाइँदैन। बिनाराहदानी काम सुरु गरे अवैध हुन्छ। अर्को ठाउँमा जान ती महिलाले मालिकसँग आफ्नो राहदानी फिर्ता मागेकी थिइन्।
धनाढ्य मालिकले राहदानी फिर्ता नगरेपछि गत नोभेम्बरमा उनले त्यहाँको अदालतमा 'राहदानी फिर्ता गराइपाऊँ' भनेर उजुरी दिएकी थिइन्। अदालतले उनको मालिकलाई राहदानीसहित आउन भनिसकेको थियो। यहीबीच मालिकले शनिबार साँझ उनलाई राहदानी लिन बोलाएका थिए। कुवेती कानुनअनुसार बिनाअनुमति कसैको घरमा प्रवेश गर्न पाइँदैन।
राहदानी लिन जाँदा ती महिलाले नेपाली दूतावासमा कार्यरत आफ्ना पति राजु र अर्का कर्मचारी अहमद पनि सँगै लगेकी थिइन्। कम्पाउन्डभित्र छिर्नेबित्तिकै मालिकले प्रहरीको गुप्तचरी निकायमा खबर गरी उनीहरूलाई बुझाइदिए। त्यसपछि क्षेत्री र अहमदले दूतावासमा फोन गरेर जानकारी गराएका थिए। दूतावासका प्रथम सचिव विशाल भट्टराईले प्रहरी स्टेसन पुगेर तीन घन्टापछि क्षेत्री र अहमदलाई रिहा गराएका थिए।
'प्रहरीलाई जबर्जस्ती धकेलेको आरोप क्षेत्री र अहमदमाथि लगाइएको छ,' राजदूत पौडेलले भने, 'कूटनीतिक तहबाट हामी समाधान खोज्दैछौं।' आफ्ना कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म कुवेतका सरकारबाट कुनै प्रतिक्रिया नआएपछि दूतावासका कर्मचारी विरोधपत्र लिएर कुवेतको विदेश मन्त्रालय पुगेका थिए।



Saturday, August 31, 2013

नेपालमा ६ रेक्टर स्केलको भूकम्प


भूकम्पको केन्द्रविन्दू तिब्बतको न्यालम क्षेत्रमा देखिएको छ।  
काठमाडौं, भाद्र १५ - काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि ८०–८५ किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
सापकोटाले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर भूकम्प गएको अमेरिकन जिओलोजिकल सेन्टरको 
                                                                            भूकम्पको केन्द्रविन्दू तिब्बतको न्यालम क्षेत्रमा देखिएको छ। 

रिपोर्टलाई अस्वीकार गरे । उनले ४ सय किलो मिटर टाढा केन्द्र हुँदा यति ठूलो धक्का महसुस हुन नसक्ने दाबी गरे । ‘अमेरिकन जिओलोजिकल सेन्टरको कुनै भूकम्प मापन कार्यालय तिब्बत क्षेत्रमा छैन,’ उनले भने, ‘त्यो तथ्य गलत हो ।’
भूकम्पको धक्का काठमाडौंसहित ललितपुर, काभ्रे, नुवाकोटसहितका जिल्लामा पनि महसुस गरिएको छ । 
भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किए । पुनः भूकम्प आउने त्रासले राति अबेरसम्म पनि सर्वसाधारण घर बाहिरै हल्लाखल्ला गरेर बसेको देखिएको छ ।
२०६८ साल असोग १ गते ताप्लेजुङ केन्द्र भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ६ जनाको ज्यान गएको थियो ।
काठमाडौंको खरीबोटमा भूकम्प आएपछि आत्तिएर घरबाट हामफाल्दा एकजना घाइते भएका छन् ।धनगढी घर भई नयाँ बानेश्वरको ठूलो खरिबोट नजिक बस्दै आएका संजिव भट्टराई छतबाट हाम फाल्दा घाइते भएको महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । उनले यस बाहेक उपत्यकामा कुनै धनजनको क्षति भएको रिपोर्ट नआएको जानकारी दिए ।


Friday, August 30, 2013

छुट्टै एन आर एन गठनकालागि गोप्य बैठक, २५ देशमा अलग्गै गठन हुने

NRN-299x300
गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) अब विश्वब्यापि रुपमै फुट्ने निश्चित जस्तै बनेको छ । अब छुट्टै एन आर एन गठन हुँदै छ । त्यसको लागि केहि गोप्य बैठक भएका छन् । बैठकहरु स्काईपमा गरिएको छ । एन आर एनको अन्तर्राष्ट्रिय सम्मेलन यहि अक्टोबर महिनामा काठमाडौंमा हुन लाग्दा छुट्टै एन आर एन गठनकालागिपनि तिब्र भएको हो । खासगरि बर्तमान एन आर एन ले बिदेशका नेपालीको हक र हितलाई सुरक्षित गर्न नसकेको । आर्थिक अनियमितता गरेको । बिदेशका नेपालीको हकलाई भन्दा राजनितिलाइ बढि प्राथमिकता दिएको । आदिबासी जनजाति, अछुत, मधेशी र अन्य पछाडी परेका वर्ग, महिलाहरुलाई बेवास्ता गरेकाले त्यसलाई टक्कार दिँदै अर्को एन आर एन गठन गर्न लागिएको हो ।

छुट्टै एन आर एन गठनकलागि अस्ति बुधाबारपनि स्काईप बैठक बसेको थियो । त्यसमा करिब २५ जना सहभागि थिए । पहिले एन आर एन अन्तर्राष्ट्रिय समिति गठन गरिहाल्ने कि रष्ट्रिय एन आर एन हरु (देश देशका एन आर एन कमिटी) गठन गर्ने भन्ने बैठकमा छलफलहरु भएका छन् । तर्कहरु बिभिन्न तरिकाले गरिएको छ । केहिले अन्तर्राष्ट्रिय कमिटी गठन गरेर राष्ट्रिय कमिटीहरु गठन गर्नुपर्ने तर्क गरेका छन् भने केहिले जुन जुन देशमा एन आर एनको समस्या बढि देखिएको छ, अलग्गै एन आर एनको अलगि तयार देखिएका छन् त्यहाँ तत्कालै गठन गर्ने र फैलाउँदै लगेर पछि अन्तर्राष्ट्रिय कमिटि गठन गर्नुपर्ने तर्क गरेका छन् । 
अहिलेसमम भएको छलफलमा नाम यहि राख्ने भन्ने टुंगो लागेको छैन । फरक फरक सहभागिले नामका विषयमा अनेक प्रस्ताब गरेका छन् । तर भेलामा जुन जुन देशमा संभव छ तत्कालै अलग्गै एन आर एन गठन गर्नुपर्ने विषयमा अधिकांश सहभागि सहमत देखिएका छन् । अब जर्मनी, बेलायत, अष्ट्रेलिया, पोर्चुगल, बेल्जियम, ईटाली, स्पेन, अमेरिका, जापान लगायतका देशमा तत्कालै गठन गर्ने बताइएको छ । बेलायत, पोर्चुगल, बेल्जियम, कोरिया, कतार, जर्मनीमा भित्रि रुपमा समिति गठन भैसकेको छ । बेलायतमा महेन्द्र कँडेलको नेत्रित्वमा समाबेशी एन आर एन गथन गरेर तयार पारिएको छ । जर्मनीमा त्यहि अवस्था छ । जर्मनीको त झन बिभिन्न शहरमै एन अर एनका प्रतिनिधी चानिसकिएको छ र केहि ठाउँमा नामहरु संकलन हुँदै छ । अहिले तत्कालै २५ देशमा गठन गर्न संभव भएको आँकलन गरिएको छ । 

यसरि हुँदै छ नेत्रित्व

सहभागिहरुले नेत्रित्वमा मारापिट, तानातान र समाबेशी नगराउनुनै अहिलेको बिबादको एक मुख्य कारण रहेको मूल्यांकन गरेका छन् । त्यसैले नयाँ एन आर एनको नेत्रित्व र कार्य समितिलाई समाबेशी बनाउनुपर्ने चर्को आवाज उठेको छ । त्यसैमा ग्रिहकार्य गरिने भेलामा सहभागिले नेपालप्लसलाई बताएका छन् । उनीहरुले जर्मनी र बेलायतबाट समाबेशी सामनान्तर एन आर एन गठन हुने बताएका छन् । त्यो समाबेशी एन आर एनको ढाँचा यस्तो हुने छ ।

पहिलो कार्यकाल

अध्यक्ष : जनजातीबाट

उपाध्यक्ष : दलितबाट

महासचिब : बाहुन-क्षेत्रिबाट

दोश्रो कार्यकाल

अध्यक्ष : बाहुन-क्षेत्रिबाट

उपाध्यक्ष : जनजातीबाट

महासचिब : दलितबाट

तेश्रो कार्यकाल

अध्यक्ष : दलितबाट

उपाध्यक्ष : बाहुन-क्षेत्रिबाट

महासचिब : जनजातीबाट

बिदेशमा मधेशीहरुको उपस्थिति न्यून रहेको अवस्था भएपनि सकेसम्म मधेशी लगायत अल्प-संख्यकहरुको समावेशितालाई मध्य-नजरमा राखिने छ । सकेसम्म सबै जातजाति, समूदाय र महिलाबाट प्रतिनिधित्व गराइने छ । राजनितिक दलमा लागेपनि स्पष्ठ, ईमान्दार र कसैको पक्ष बिपक्षमा नलागेकाले पछादि परेका, हेपिएका, कारवाही गरिएका सक्षमलाई कुनै न कुनै भूमिकामा ल्याएर सम्मानितसाथ राख्ने योजनापनि बनाएका छन् । अहिले कतिपय देशका एन आर एनमा ब्यापक भ्रस्टाचार, अनियमितता र पारदर्शी काम भएकाले त्यसलाई कडाईकासाथ पारदर्शी गरिने बताइएको छ ।
तर समाबेशी समूहमा सकेसम्म अक्टोबरमा हुने एन आर एन अन्तर्राष्ट्रिय सम्मेलनमापनि आफ्नो तर्फबाट बलियो उमेदवारि दिएर बिजयीहुनुपर्छ भन्ने तर्क गर्नेपनि छन् । केहिले त्यहि दिन समाबेशी समूहको अर्को एन आर एन गठन गर्नुपर्छ पनि भनेका छन् । केहिले भने अहिलेनै तत्कालै अन्तर्राष्ट्रिय कमिटि गठन गरेर राष्ट्रिय समितिहरु गठन गरि अक्टोबरमै भेला गर्नुपर्ने तर्क गर्नेहरुपनि छन् ।  तर न्युनतम सहमती केमा छ भने अहिले संभव भएका अकरिब २५ देशमा तत्कालै नयाँ गठन गर्ने । तिनको भेला गरिहाल्ने । नयाँ समितिले एन आर एनको अर्कमण्ड्यताकै कारण एन आर एन दर्ता हुन नसकेको भन्दै नयाँ एन आर एनलाई छिटो दर्ता दर्ता गरेर आधिकारिता लिनुपर्ने आवाज पनि उठेको छ । 

नेत्रित्व कसले गर्ने ?

नयाँ अन्तर्राष्ट्रिय समितिको नेत्रित्वमा धेरैले एन आर एन प्रमुख संरक्षक देवमान हिराचनलाई प्रस्ताव गर्नुपर्ने बताएका छन् । हिराचनलाई मनाउन सकिने धेरैको तर्क छ । यदि हिराचनले नमानेमा केहिले टेण्डि शेर्पालाई उठौअनु पर्ने तर्क गरेका छन् । त्यो नभए अन्य बिकल्प खोज्ने भनिएको छ 
श्रोत :नेपालप्लस डट कम 

Monday, August 19, 2013

बि टि आइ ट्रेडस मेन को भेला सम्पन्न

भूपति न्यौपाने यु ए ई दुबई 

यु ए ई गत सुक्रबारका दिन यु ए ई को सिन्ध पन्जाब रेस्टुरेन्टमा बि टि आइ ट्रेडर्स ले भेला आयोजना गरि कार्य समिति चयन को प्रक्रिया लाइ अगाडी बढाउदै भेला सम्पन्न गरेको छ .
नेपाल को बुटवल रुपन्देहीमा रहेको टेक्निकल इन्सिचुट बाट तालिम प्राप्त गरि रोजगारीको सिलसिलामा यु ए ई आएर काम गरि रहेका नेपाली दाजु भाइ हरुले टेक्निसियन हरु लाइ एकाबद्ध बनाउदै अगाडी बढ्न सजिलो होस् भन्ने हेतुले सस्थाको स्थापना गरेको थियो भने कार्यक्रम दुर्गासुत्पराई को सभापतिमा  सम्पन्न थियो भने प्रमुख अतिथि गणेश के सी थिए भने कार्यक्रम संचालन विकास बास्तोला ले गरेका थिए 
 कार्यक्रम मा सबै बक्ता हरुले आफ्नो मन्तब्य राखेका थिए भने टेक्निकल सिखेर आउने जो कसैलाई पनि सहयोग गरिने कुरा मा जोड दिदै यु ए ईमा रहेर पनि हामी माझ सम्पर्क मा आउन नसकेका नेपाली दाजु भाइ हरु लाइ सम्पर्क गर्ने भन्दै बिभिन्न बुदाहरुमा छलफल गर्दै आगामी दिन मा बृहत भेला गरि कार्य योजना बनाउने गरि सभापति बाट सभा बिसर्जन गरिएको थियो. 


एन आर एन बेलायतमा, भद्रगोल दुईवटा एनआरएन हुने

दधिराज घिमिरे 
रिडीङ्ग बेलायत ,१७ अगष्ट २०१३ .एनआरएन जननी भुमि बेलयत हो । अरु देसको एनआरएन भन्दा यो देसमा परिस्थिीहरु फरक छन । तहि फरक परीस्थिीतीमा संसारहरुका एन आर एनहरुमा असहजको परिस्थितीहरुको सामाना गरि रहेको अहिलेको परिस्थितीमा बेलायत पनि अछुतो रहन सकेन । आज अगष्ट १७ मा सदस्यस्ता फर्म भर्ने  अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यलयमा फर्म दर्ता गर्ने क्रममा देखिएको असहज परिस्थितीले र निर्वाचन आयोगले देखाएको गलत रबैयाले हो भन्ने बिषयमा बिवाद भएको हो । बिवादले दुई एन आर एन बनाउने सम्मको बिषयमा चर्को रुपमा उठेको थियो । दर्ता नभएका सदस्यहरुको भेलाले अर्को एनआरएन १५ सेप्टेम्वरकै दिन भेला गर्नु पर्छ भन्ने आवाज उठेको छ । सडकमा उठेको बिषयले साच्चै रुपधारणा गरेमा अर्को एनआरएनको जननी हुने मौका पनि बेलायतले पाउने छ । एघार हजार सदस्यहरुको फर्म कार्यलयको ढोकाबाट फिर्ता भई सदस्य हुनबाट बञ्चित हुनु भनेको सायद अन्य कुनै देसमा भएको छैन । यि सबै सदस्यहरुलाई बेवास्ता गरीयो भने सडकमा उठेका आवजले सांगठानिक रुप धारणा गर्ने छैन भन्न सकिदैन । यि सदस्यहरुको सदस्यता हुन पाउने अधिकारमा एनआरएनको अहिलेका कार्य समितीले आज निर्वाचन कार्यलय अगाडी जस्तै बेवास्ता गर्ने हो भने संपुर्ण बेलायत बासीले एनआरएनलाई बेवास्ता गर्ने परिस्थिती आउदैन भन्न सकिदैन । एन आर एनले बेलायतले बेलायतको समाजलाई बिभाजन गर्दै छ भन्ने सन्देस बेलायत तथा अन्य मुलुकका प्रवाशी नेपालीहरुमा पर्न सक्नेछ ।  जनतालाई सुचनाको हकवाट बञ्चित गर्ने जस्तो कार्यले बेलायत जस्तो मुलुकमा जनतालाई रैतिको स्थानमा देख्ने नेपाली सामन्ति प्रबृद्धीनै एनआरएन जस्तो प्रवाशी नेपालीहरुको साझा संगठन भित्र रहेकोले आउने दिनमा यो कार्यलाई ध्यान दिने कुरामा बेलायतबासी नेपालीहरुको माग रहेको पाईयो ।
 
बेलायतमा लगभग एक लाख भन्द बढिको सख्यांमा नेपालीहरु रहेको अनुमान गरीन्छ । अहिले सम्म एनआरएनमा जम्मा तिन हजारको हाराहारीमा मात्र सदस्यहरु रहेको थियो । बिगतको चुनावमा केहि हद सम्म मिलीजुलि गरेरनै एनआरएन बेलायतले आप्mनो परिचय दिएको थिायो तर यो पटका बिगतमा भएको संझौतालाई अहिलेको कार्य समितीलेनै उल्घंन गर्दै सहमतिय बातवरणलाई बिगारेको हो भन्ने बिषयमा बेलायतबासीहरुको गुनासो पाईन्छ । उमेद्धारको दर्ता नभईसकेको भए पनि बिभिन्न पार्टीको समर्थन र ति पार्टीका निर्णयबाट अहिले सम्म तिन जना अध्यक्षको उमेद्धवारी घोषणा गर्नु भएको थियो । चुनावी सरगर्मिसंगै सदस्यता बनाउने होडबाजी यसरी बढ्योकी दस पाउण्ड राखिएको सदस्यता सुल्कलाई निसुल्क भरियो  र अध्यक्षका प्रत्यासीहरुलेनै सदस्यता सुल्क तिर्ने कामहरु भयो । सदस्यता सोचें भन्दा यति धेरै भयोकी बिगतको तिनहजारको हारारीमा भएको सदस्य लगभग १७ हजारको हाराहरीमा पुग्ने अनुमान गरीयो । सदस्य सुल्क उमेद्धारहरुले तिर्ने प्रकृयाको जनस्तर देखीनै बिरोध रहन दगएको थियो । यहि प्रकृयागत तुर्टीनै एनआरएन बेलायतको बिवादको मुख्य चुरो थियो । किनकी पैसा नहुनेले एनआरएनको नेतृत्वको कल्पना भन्दा बाहिरको बिषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावाना बिपरीत थियो जुन एनआरएन बेलायतले रोक्न सकेन । एक अध्यक्षको प्रत्यासीले जित्नकालागी थोरैमा पनि ६ हजारको हाराहारीमा सदस्य बनाउनु पर्ने र त्यसको लागी लगभग साट्ठी हजार पाउण्ड सदस्य सुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुने देखीन्छ । अव बेलायत एनआरएनमा पैसा हावी भयो भन्नेनै बेलायतबासी नेपालीहरुको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धी र बिबेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनु पर्यो भन्ने बिषयको चिन्ता नै अहिलेको मुख्य चिन्ता हो । यसका साथै एनआरएन सबैको साझा भन्ने गरीन्छ तर ब्यावाहारमा ठिक उल्टो रहेको पाईयो किनकी आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आप्mनो पक्कडमा राख्न खोज्नुले पनि बिवादले ठांउ पाएको भित्रि पाटो हो भन्न सकिन्छ । 
चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडीङ्गमा  निर्वाचन कार्यलयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानिमा भिजेरै भए पनि सदस्यताको लागी लाम बद्ध थिए । एक जनाले १०० फर्म भन्दा बढी दर्ता गर्न नपाउने नियम निर्वाचन आयोगले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए भने एक जना दाजुले लौ न मलाई १५ जाना चाहियो १५ सय फर्म छ भनेर खोज्दै हुनुहुन्थ्यो । यसरी एउटा उत्साहा जस्तै देखीने गरी कामहरु अगाडी बढेको देखीनथ्यो । म आफु अध्यक्षको प्रत्यसी संगै अलि बढी केन्द्रित थिएं । उहाहरु मध्य दुई जना प्रत्यसीहरुलाई मैले पुरै समय चिन्तित रहेको पाएं । यो चिन्ता कि त एकता गर्ने भन्ने बिषयमा छ कि त आर्थिक सवालमा छ भन्नेमानै लाग्यो । तर एकाएक अध्यक्षको प्रत्यासी महेन्द्र कंडेलले कार्यलयबाट निस्कदै निर्वाचन आयोगलाई भरोसा गर्न सक्ने कुनै पनि आधार देखीएन भन्दै निस्कनु भयो । फर्म बुझाउन लाईनमा बस्ने संपुर्णले फर्म फिर्ता दिए । फर्म महेन्द्र कंडेल र सुर्य नेमाङ्गले फिर्ता लिनु भएको थियो । यसरी यो दुबै जनाले फर्म दर्ता कार्यक्रम नै आफुहरुको तर्फबाट स्थगित गरेको जानकारी दिनु भएको थियो । यि दुबै जना अध्यक्षको प्रत्यसीहरुले एघार हजार सदस्यले सदस्यता फर्म भर्न बहिस्कार गरेको जानकारी दिनु भएको थियो ।

के भन्छन त तिनै जना अध्यक्षका प्रत्यासिहरु
योगेन बाहादुर क्षेत्रि
“मेरो मुख्य बिषय भनेको मिलेर जाउं भन्नेनै नै हो । साथिहरुले फर्म बुझाउनु होस म सहमतिकोलागी बार्ता गर्न तयार छु भन्नु भयो ।” लाग्दथ्यो उहा साच्चैने एनआरएन बिवाद रहित रहोस भन्नेमा निकै चिन्तित हुनुहुन्थ्यो । जुन संभावाना भन्दा बाहीर पुगि सकेको करिव निश्चित छ ।
महेन्द्र कंडेल
“सहमतिको बिषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा बिषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिकालागी कस्ले कती गर्यो भन्नेनै मुख्य हो । मैले एन आर एनलाई सहमतीकोलागी गरेको योगदानलाई एनआरएनको मुख्य मर्म हो भनेर बुझ्न नसक्नुनै सहमतिको बाधक हो । अहिलेको बिवाद भनेको निर्वाचन आयोगनै आफुलाई हाराउनकोलागी परेको प्रमाण र तथ्यहरु रहेकोले बेलैमा सचेत हुदैं आयोगको बिस्तार गर्दै सबैको बिश्वासको बातवरण बनाउनको लागी आफुले माग गरे पनि यो बिषयमा छलफलनै गर्न नखोज्नुनै मुख्य प्रमाण रहेको बताउनु भयो ।” 
सुर्य नेमाङ्ग
“सहमती भन्दा पनि एनआरएन बेलायतको लिने नितीको बिषय मुख्य हो । सदस्य बनाउने बिधिमा मन परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रकृायामा जानेछौं । ”
आज बेलायतमा बाहिर भाषणहरु भए बहिस्कार गर्नेहरुले आफुहरु सगं एघार हजार सदस्य रहेको र एघार हजार सदस्यले सदस्य भर्नबाट बाहीरीएको जानकारी दिदै गाडीहरुमा फर्महरु देखाउदै थिए । तर भित्र के भएको छ पत्रकारको हैसियतले जानकारी पांउ भन्दा भित्र जाने अनुमति दिईएन । फर्म भर्ने समय सकियो भनेर भनियो तर कति फर्म दर्ता भए भनेर भनिएन यो प्रकृयाले निर्वाचन स्वछ नहुनेनै रहेछ भन्ने जनायो । त्याहां तेत्रो बिवाद भएको छ एनआरएन बेलायतका सदस्यहरुले मिलाउने कुनै पहल गरेको पाईएन । बिवाद भयो त सामाधान गर्नको लागी कमसेकम पहल हुनु पर्छ । एकआर्कालाई हिलो छ्याप्ने प्रबृद्धीले बेलायतमा प्रसस्त ठाउं ओगोटेको पाईयो । बेलायतमा नेपालीहरुको चिन्ता भनेको एन आर एन बेलायत साझा संगठन होस मात्र केहि पार्टीको कठपुतली नबनोस भन्ने रहेको छ । यो बेलयतबासीको चिन्तालाई कसरी लिने छ भन्ने बिषयमा अहिलेको बिवादलाई सामाधान गर्ने बिधीमा भर पर्ने छ । यदि दुई एन आर एन बेलायत बिभाजित भयो भने कुनलाई आधिकारीक एनआरएन मान्ने अन्योल छ । किनकी एउटा पक्षसगं चार पांच हजार सदस्यता छ भने अर्को पक्षसगं दश एघार हजार सदस्य छ भन्ने दावी रहेको छ । यो दुई दावीलाई एकता गर्ने दुरदर्शिता अहिलेको कार्य समितीमा छ की छैन मुख्य चुनौति बनेको छ । 
( समाचार स्थलगत रिपोर्ट तथा बिश्लेषक क्रान्तिकारी पत्रकार संघ,यूरोपका संयोजक हुनुहुन्छ ) 
के भएको थियो बेलायत एनआरएन बेलायतमा भिडीयो हेर्नु होला

उपेन्द्र यादव पनि सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा


विराटनगर, साउन ३२ गते । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले भर्खरै उपेन्द्र यादवले चारदलसंग सात सूत्रीय सम्झौता गरेर आफूलाई पनि सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा हिडाएको आरोप लगाउनु भएको छ । उहांले सोध्नु भयो . उपेन्द्रले गरेको यस सम्झौतामा समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनु पर्ने मांग अहिले कहां छ ? भावी संविधानका आधारभूत मान्यताहरूमा अहिले नै सहमति हुन नसके फेरीपनि संविधान बन्न नसक्ने स्वयं उपेन्द्र यादवको भनाई कहां पुग्यो ? खिलराज रेग्मीले कि त सरकार प्रमुखको कि त प्रधान न्यायाधिशको पदबाट राजिनामा दिनुपर्ने अन्यथा निर्वाचन निष्पक्ष हुननसक्ने उनको मांग आज कहां पुग्यो ? जय प्रकाश गुप्ताले प्रश्न गर्दे सोध्नु भयो– के चार दलले गरेको ११ सूत्रीय सम्झौता र अन्तरिम संविधानको २५ वटा संशोधनबाट उत्पन्न विकृति उपेन्द्र जीले गरेको सम्झौताबाट सच्चियो त ? आज विराटनगरको राम जानकी अतिथी सदनको सभाकक्षमा आयोजित एक कार्यक्रममा बोल्नु हुदै तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले उक्त प्रश्नहरू गर्नु भएको छ ।
मधेसका सबै मोर्चाहरू केही सिमित मधेसी नेताहरूको चुनावी हतियार र निहीत स्वार्थ साधन गर्ने प्रपञ्चको माध्यम मात्र बनाइएको भन्नु हुदै संयोजक गुप्ताले भन्नु भयो ः पहिचान सहितको संघीयताका लागि स्पष्टतः मधेस प्रदेशको मान्यता, आत्म निर्णयको अधिकार सहित प्रादेशिक स्वायत्तताको ग्यारेन्टी, राज्यको हरेक निकायमा समानुपातिक समावेशीकरण, क्षेत्रीय भाषाहरूको सरकारी भाषाको रूपमा मान्यता, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण जस्ता आधारभूत बिषयहरूमा सर्वदलीय राजनीतिक प्रतिवद्धता अनिवार्य थियो । उपेन्द्र यादवले पनि यही मांग गरेका थिए, तर उनले आफू चारदलीय संयन्त्रमा बस्ने लोभमा परी सत्ताका अगाडी ‘आत्म समर्पण’ गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूकै हाराहारीमा आफूलाई ‘अमृतालिंगम् प्रवृति’ का मतियार देखाए । जय प्रकाश गुप्ताले भन्नु भयो–उपेन्द्र यादवहरूले आन्दोलनको नाममा आङ्खनो शक्तिको भरमा यौटा सिन्का पनि नभाचेर मोहन वैद्यसंगको सहकार्यको हौवा देखाएर ब्याज खान खोजेका छन् भने अर्को तर्फ मधेसी जनता फेरी एक पटक ठगिएका छन् । नेपालको राजनीति एकातिर नया“ संविधानका मुद्दाहरूको सन्दर्भमा प्रतिगमनको बाटो तिर गैरहेको र अर्को तिर मधेसी, जनजाति र दलित लगायतका समुदायहरूलाई कमजोर प्रतिनिधित्व गराएर सिध्याउने षडयन्त्र तर्फ उन्मुख रहेको विश्लेषण गर्नु हुदैं संयोजक गुप्ताले भन्नु भयो ः अब सिद्ध भयो, संविधान सभाको यो निर्वाचनबाट मधेसले केही पाउने छैनन् । आउने भनिएको संविधान मधेसीका लागि उपलब्धिको होईन, आत्म समर्पणको दस्तावेज हुनेछन् । उहांले भन्नु भयो, मधेसीको लागि अहिले, अब यस्तो निर्वाचनबाट सम्मानयुक्त संविधान पाउने संभावना सकियो । अब संविधान सभा बनेपनि संघर्ष वाहेकका माध्यमबाट मधेसी जनताले सफलता पाउने छैनन् । जय प्रकाश गुप्ताले मधेसका परिवर्तनवादी युवाहरूलाई तराई मधेस राष्ट्रिय अभियानमा सरिक भै भावी आन्दोलनको तयारीमा लाग्न अपील र्गु भयो ।
अभियानका मोरंग जिल्ला संयोजक इमानुल्लाह अंसारीको अध्यक्षतामा भएको सो सभामा अभियानका बरिष्ठ नेता आत्माराम साह, केन्द्रीय नेता भीम राजवंशी आदिले बोल्नु भएको थियो । गुप्ता लगायतका मधेसी नेताहरू  अहिले तराई मधेस राष्ट्रिय अभियानको संगठन निर्माणको क्रममा विभिन्न जिल्लाहरूमा सार्वजनिक संवाद कार्यक्रम संचालन गरिरहनु भएको छ ।






Friday, August 16, 2013

प्रवासी नेपाली महिला संघ यु ए ई द्वारा तीजको उपलक्ष्यमा सास्कृतिक कार्यक्रम गरिने

रबिन्द्र फुयेल यु ए ई  
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज को अवसरमा यु ए ई मा रहेका  प्रवासी नेपालीहरुले सधै झै एस बर्ष पनि तीज  धमाका गर्ने भएका छन् । २६ जुलाई २०१३ शुक्रबार का दिन यु ए ई को बर दुबईमा प्रवासी नेपाली महिला संघ यु ए ई ले संघ कि अध्यक्ष सिता भुर्तेलको सभापतिमा बैठक सम्पन्न गरि तीज कार्यक्रम गर्ने भएको हो तीज कार्यक्रम को संयोजक सरस्वती कोइराला रहेकी छन् भने कार्यक्रम   यु ए ई को बर दुबई मा रहेको अस्टोरिया होटेलमा हुने भएको छ.

नेपाल बाट उक्त कार्यक्रममा ख्याती प्राप्त कलाकार हरु लक्ष्मी न्यौपाने र सिरिश देवकोटा यु ए ई आउने भए छन् तथा साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति हुने नेपाली कला तथा तीज सांस्कृती झल्कने  किसिमका नाच हरु रहने भएको छ उक्त कार्यक्रम  शुक्रबार ६ सेप्टेम्बर २०१३  का दिन दिनको ३ बजे देखी संचालन गरिने भनिएको छ । प्रवासी नेपाली महिला संग यु ए ई ले सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि हरु लाइ उपस्थित भएर मनोरंजन लिन को लागि अनुरोध पनि गरेको छ.

Tuesday, August 13, 2013

नेपाल भित्रिँदै विश्वपकप ट्रफी

काठमाडौं - विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ। उक्त ट्रफी पुस ६ गते नेपाल आइपुग्दैछ। विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै त्यसको 'दुर्लभ दर्शन' पाउने अवसर जुरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफी नेपाल ल्याउने चाँजो मिलाएको हो।
 विश्वकप विजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन्। फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप विजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जानकारी दियो।
 ट्रफी बंगलादेश हुँदै भुटानबाट नेपाल आउने बंगलादेशी न्युज पोर्टल 'द डेली स्टार डटनेट'ले जनाएको छ। ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यान्ड लगिनेछ। यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिन्छ।
 अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन्। 'यसको निम्ति एन्फासँग सहकार्य भइरहेको छ,' उनले नागरिकसँग भने, 'ट्रफीसँगै को–को भिआइपी आउँछन् पक्का नभएकाले कार्यक्रम तालिकालाई अन्तिम रूप दिन बाँकी छ।'
 पहिलोपल्ट विश्वकप ट्रफी नेपाल भित्रिन लागेकाले आमदर्शकलाई हेर्ने सुविधा दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए। 'नेपालमा फुटबल अत्यन्तै लोकप्रिय खेल हो, आमदर्शकलाई हामीले विश्वकप ट्रफी देखाउन सक्यौं भने नेपाली फुटबल प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ,' उनले भने।
 विश्वकपको उपाधि विजेता कप्तानले मात्र ट्रफी बोक्न वा छुन पाउने फिफाको नियम छ। यात्रा क्रममा विजेता कप्तानबाहेक सम्बन्धित देशका राष्ट्र प्रमुखले ट्रफी बोक्न पाउने छन्। यसअनुसार राष्ट्रपति रामवरण यादवलाई सहभागी गराउने प्रयास भइरहेको स्रोतले जानकारी दियो।
 फिफाको अर्को नियमअनुसार ट्रफीलाई 'भिभिआइपी' दर्जा दिएर आतिथ्य प्रदान गर्नुपर्छ। भुटानबाट फिफाको जेटमा काठमाडौं ओरालोपछि विमानस्थलबाट सोझै सोल्टी होटल पुर्‍याइने छ। त्यसपछि वसन्तपुर लगेर राष्ट्रपतिको हातबाट सार्वजनिक गरिनेछ। त्यहाँबाट ट्रफीलाई बग्गीमा राखेर दशरथ रंगशाला पुर्‍याइनेछ। त्यहाँ उक्त ट्रफीलाई एथलेटिक्स ट्र्याकमा घुमाएर उपस्थित दर्शकमाझ प्रदर्शन गरिनेछ।
यात्रामा आएका विश्वकप विजेता कप्तानले नेपालको राष्ट्रिय टोली, यु–१९ र यु–१६ राष्ट्रिय फुटबल टोलीसँग करिब एक घन्टाभन्दा बढी समय छुट्टै बिताउने कार्यक्रम पनि मिलाइएको छ। यी कार्यक्रम तालिकालाई अन्तिम रूप दिन भने बाँकी छ।
प्रत्येक चार वर्षमा हुने विश्वकपको हरेक संस्करणको एक वर्षअघि फिफाको मार्केटिङ नीतिअनुसार ट्रफीलाई विश्व भ्रमण गराइन्छ। अर्को वर्ष ब्राजिलमा हुने विश्वकपअघि ट्रफीले ९५ देशको भ्रमण गर्ने कोकाकोलाको वेबसाइटमा छ। विगतको भ्रमणमा ट्रफीको प्रतिरुपलाई विश्व घुमाइए पनि यसपालि सक्कली नै घुमाउन लागेको डेली स्टारले जनाएको छ।

Monday, August 12, 2013

मृगौलापिडित भूश्रीलाई युएईबाट ८२ हजार सहयोग

देवीजंग तमू
पोखरा, भाद« २७ गते  कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी तमू प्ये ल्हु संघ युएई शाखाबाट पनि सहयोग प्राप्त भएको छ ।
 
अगष्ट ९ तारिख विश्व आदिवासी दिवसको दिन बसेको युएई शाखाको बैठकमा मृगौलापिडित तमूको उपचारको लागी युएईमा संकलित ८२ हजार रुपैया शाखाका कोषाध्यक्ष ओम प्हच्यु तमू र सहयोग रकम संकलन अभियन्ता ज्ञान वहादुर मिगी लम तमूले संयुक्त रुपमा युएईमा कार्यरत भूश्रीका जेठा छोरा धन वहादुर तमूलाई हस्तान्तरण गर्नुभएको थियो ।
भूश्रीको मृगौला उपचारको लागी युएई शाखाबाट २६ हजार र लमजुङ पस गाउँ भई हाल पोखरा घर भई युएईमा कार्यरत ज्ञान मेगी लम तमूको सक्रियतामा संकलित ५४ हजार रुपैया गरी जम्मा ८२ हजार भूश्रीका छोरा धन वहादुर तमूलाई हस्तान्तरण गरेको युएई शाखाका अध्यक्ष एक्काजंग तमूले जानकारी दिनुभयो ।
०६९ साल पौष महिनामा काठमाडौँमा स्वस्थ्य परिक्षणको क्रममा मृगौलामा खराब देखिएका ४१ वर्षिया भूश्रीलाई सहयोग गर्न चाहनुहुनेहरुले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा गर्न सकिने उहाँका श्रीमान् सूर्य तमूले जानकारी दिनुभयो ।
यसैवीच तमू प्ये ल्हु संघ युएई शाखाको बैठकले युएईमा रहने प्ये ताँ ल्हुँ ताँवादी तमूहरुको लागी शाखाको छाप हुनेगरी टिसर्ट प्रिन्ट गर्ने निर्णय समेत गरेको शाखा अध्यक्ष एक्काजंग प्ल्हेँ तमूले जानकारी दिनुभयो ।
यसअघि तमू प्ये ल्हु संघ कुवेत शाखाबाट भुश्रीको मृगौला उपचारको लागी दुई लाख ५० हजार भन्दा धेरै आर्थिक सहयोग प्राप्त भइसकेको छ ।
तमू प्ये ल्हु संघ युएई शाखाका अध्यक्ष एक्काजंग प्ल्हेँ तमूको अध्यक्षतामा वसेको वैठकमा शाखाका सदस्यहरु सवै तमू भेषमा उपस्थित रहेका थिए । संरक्षक कर्णेल राज च्हमु्र तमू, सल्लाहकार यम तमू, श्याम तमू, सरिता तमू र महासचिव राकेश लेम तमू र सहकोषाध्यक्ष मुक्ति टु तमू लगायतले वोल्नुभएको थियो ।
यसैवीच अगष्ट ९ तारिख आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ युएई शाखाले आयोजना गरेको विशेष कार्यक्रममा तमू प्ये ल्हु संघ युएई शाखा र तमू समाज युएईका सदस्यहरु तमू भेषभुषा र सोरठी नृत्य लिएर कार्यक्रममा सहभागिता जनाएका थिए ।

भरतपुर हस्पिटलका श्रमिक आन्दोलित प्रसासनले माग्यो ३ दिनको समय अबधि

निमकान्त पाण्डे,साउन २८ भरतपुर(चितवन)
 अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र अखिल नेपाल सेक्यूरुटी मजदुर संघ इकाई कमिटि अन्तर्गत संयुक्त संघर्स समितिले भरतपुर हस्पिटलमा बिगत ५/६ बर्षदेखी अस्थाई रुपमा कार्यरत श्रमिकहरुले हस्पिटल प्रसासनमा धर्ना दिदै आफ्ना मागहरु राखेका थिए।
 बिहान १० बजे देखि हस्पिटलको प्रसासन बन्द गर्न पुगेका श्रमिकहरुलाई सम्बोधन गरि हस्पिटलले बार्ताको बाताबरण मिलाउन ३ दिन माग गरेपछि उपस्थित श्रमिकहरुले कोटसभा गरि काममा फर्केका थिए। 
साउन १४ गते पत्रकार सम्मेलन गरि हस्पिटल प्रशासनलाई जानकारी गराएको थिए।  आज सम्म पनि समस्याको कुनै सुनुवाई नभए पछि प्रसासन बन्द गर्न पुगेका श्रमिक भन्दा पहिले नै पुलिस प्रसासन हस्पिटलले बोलाई सकेको थियो। 
आफुहरुले कुनै अनाबश्यक माग नराखेको काम गर्दा लगाउने सेप्टी,ड्रेस, सार्बजनिक बिदामा छुट्टी अरुले पाईराखेका सेवा सुबिधाहरु माग रहेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाई कमिटीकी अध्यक्ष सावित्री पौडेल बताउछिन।
श्रमिकहरुको चर्को दवाब पश्यात हस्पिटल प्रसासनले एक सुचना जारि गर्दै बार्ता गरि समस्या समाधानका निम्ति ३ दिनको समय माग गएको छ।  

Sunday, August 11, 2013

श्री कृष्ण गण्डकी गाबिसको प्रथम भेला सम्पन्न

भूपति न्यौपाने यु ए ई दुबई
 अगष्ट ९ सुक्रबारका दिन  स्याङ्गजा जिल्ला श्री कृष्ण गण्डकी गा बि स घर भई कामको सिलसिलामा हाल यूएई मा रहेका श्री कृष्ण गण्डकी बासि हरुको प्रथम भेला स्याङ्गजा सहयोज समाज यूएई का पूर्व अदक्ष्य भूपति न्यौपाने को संयोजक मा सम्पन्न उक्त भेलामा प्रमुख अतिथी नेपाल पत्रकार महासंग यूएईका उपादक्ष्य भुपराज बस्याल रहेका थिए भने कार्यक्रमको संचालन शंकर न्यौपाने ले गरेका थिए । गत सुक्रबार बर दुबई मेट्रो पार्क स्याङ्गजालि टावर नजिकै बृहत उपस्थीतीमा सम्पन्न भयो। 
गाबिस का सम्पूर्ण व्यक्ति हरुलाई समेट्दै प्रमुखत यूएईमा रहेका श्री कृष्ण गण्डकी घर भएका नेपाली हरुलाई भई परि आउने समस्या को समाधान गर्ने, आफ्नो गाबिसका बिभिन्न क्षेत्रमा विकास लगायत का सहयोग गर्ने उदेस्य का साथ भेलाले उक्त सस्था को स्थापना गरेको हो /
छ महिना भित्रमा बिधान, नाम लोगो लगायतका सम्पूर्ण काम हरु पुरा गर्ने जिम्मेवारी सहित कृष्ण न्यौपाने अदक्ष्यता मा १७ सदस्यिय तदर्थ समिती चयन गर्यो भने उक्त तदर्थ समितिमा उपादक्ष्यमा अग्नी भट्टराई, सचिवमा शंकर प्रसाद न्यौपाने, सहसचिवमा सागर भट्टराई, कोसाध्यक्षमा भुपराज भट्टराई, सह कोसाध्यक्षमा डेमकान्त न्यौपाने र सदस्यहरुमा माया कुमारी पाण्डे, रुक्मागत न्यौपाने, मुक्ती भट्टराई, निम भुसाल, यम प्रसाद भुसाल, डि बि थापा, कृष्ण भट्टराई, धर्म भट्टराई, प्रदिप भट्टराई, लेखनाथ न्यौपाने, माधव न्यौपाने चयन भएका छन्  
जिम्मेवारी  दिएका यी सम्पूर्ण काम सिमित समयमा सक्ने प्रतिबदध्ताका का साथ सम्पूर्ण नेपाली लाई सहयोग गर्ने बाचा अद्क्ष्य कृष्ण न्यौपाने गर्नु भयो भने सचिब शंकर न्यौपाने ले यूएईमा रहेका सम्पूर्ण कृष्ण गण्डकी बासी लाई यस समाज को सम्पर्क आउन आग्रह गरेको छ /

Saturday, August 10, 2013

पश्चिम नेपालमा भएको संरक्षणकाम अवलोकन गर्ने टोली लमहीमा

लमही, २६ साउन । पश्चिम नेपालका विभिन्न जिल्लामा वन वन्यजन्तु, जौविक विविधता र वातावरण संरक्षणका बारे अध्ययन अवलोकनका लागी निस्कीएको एक टोली दाङ्गको लमही आईपुगेको छ । विद्यालय वातावरण शिक्षक संञ्जाल सेन्स नेपाल चितवन शाखाको आयोजनामा शुक्रबार देखि तीन दिने अध्ययन अवलोकन भ्रमण लागी निस्किएको थियो । टोलीले नवलपरासीको आरुणखोलामा रहेको श्रमिक सहकारी, दुनाटपरी निर्माण स्थल, रुपन्दहीको लुम्बिनी भएको वातावरण संरक्षणका बारे अवलोकन गरेको र आज शनिबार दाङ्गको लमही क्षेत्रमा भएका संरक्षणका काम बारे जानकारी र प्रशिक्षण लिने काउन चितवनका सचिव कृष्ण आचार्यले जानकारी दिए । 
साथै भोली वर्दियाको डल्ला हामस्टे, धनगढीलगायतका ठाउमा गरिएको संरक्षणका प्रयास बारे अवलोकन गरेको सेन्स नेपाल चितवनका अध्यक्ष पुष्पराज महरट्टाले जानकारी दिए । टोली जौविक विविधता र वतावरण संरक्षणसगै जिवीकोर्पजनमा यि क्षेत्रमा गरिएका प्रयासहरुका बारे चितवनमा रहेको संरक्षण सम्बधीत संघसंस्थामा गएर प्रशिक्षण समेत दिनेछ । शुक्रबार देखि शुरु भएको तीन दिने अवलोकन भ्रमणको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउन चितवनका सचिव कृष्ण आचार्य, नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजुदुर युनियन क्यूपेक नेपाल उपाध्यक्ष यज्ञ ढकाल, संरक्षक सस्थाका संयोजक बलराम बगाले, संरक्षणकर्मीहरु कुईसा महत्तो, वसन्त अम्गाई लगायतले सहजीकरण गरेका छन् । टोलीमा चितवनका २३ जना संरक्षणकर्मीहरुको सहभागी रहेको छ ।

बिदेशीयका नारी र हाम्रो समाज

बिनोद श्रेष्ठ “क्रान्ति” गोरखा ,हाल : दुबइ
झापाकी मणिकला राई (नाम परिबर्न) नेपाल छाडेकी ११ बर्ष बितिसकेछ। राजतन्त्रको अवशान पछिको गणतान्त्रिक नँया नेपालको आगमन उनलाई पत्तो छैन। हाम्रो देशको राजा पनि यहाँको जस्तै भै दिए राम्रो हुन्थ्यो है, भन्दै प्रश्न गर्दा मलाई कता कता देशमा राजतन्त्र बिउँतिएको आभाष भयो।उमेरले झन्डै ३८ अैं बसन्त पार गरेकी राईलाई  २ जना ट्रक ड्राईभरले बलत्कार गरी हत्याको प्रयास गरे, जसको प्रतिबाद आज खाडीको मरूभुमिमा संधर्ष गर्दै छिन्। नारी चुलो चैाकोमा मात्र सिमित भएर अघि बड्न नसकेको सधै पुरूषको थिचोमिचोमा बस्नु पर्ने उनको कथन थियो। दिदि बहिनि, भेटघाट अनि चाडपर्ब नमानेको बर्षै भैसकेछ उनको।रातो बर्ण मंयोलियन जाति भए पनि लोकल भेषभुषा, बोलिचालि अनि रितिरिवाजमा चल्नु उनको रहर थिएन।शिर देखि पाउँ सम्म काला कपडा लगायका अरबीहरूको गार्ड अनि उनीहरूको सुसारे उनको दिन चरियामा पर्थो। हाम्रो क्यामरा उनको अगाडी फेस हुन्थो तर क्याच हुन सक्थेन। किनकी परिबर्तृत समाजको बाध्यता थियो। उनमा, अन्तिम प्रश्नको जबाफमा स्वदेश नफर्कने आभाष झल्किरहेको थियो।घट्ना घट्दा गाँउ समाजबाट बहिस्कृत हुनुमा के दोष थियो र उनमा ?
काभ्रे बाट खाडी मुलुक छिरेकी निशा धिमाल(नाम परिबर्तन) को पिडा पनि यस्तै छ। दलित बर्गमा जन्मेकी निशालाई पनि बिदेशीन बाध्य गराईनु यही समाज थियो। १६ बर्षको कलिलै उमेरमा बलत्कारको शिकार उनको प्रमुख कारण रहेछ। प्रेम प्रसङ्गमा युबकको कुरालाई अस्वीकार गरेकै कारण आजको दिन थियो उनको। घरेलु कामदारमा भएकोले मालिकलाइ सन्तुष्टि पार्नु नै उनको धर्म थियो। शिकार बन्नु उनको बाध्यता नै थियो। जे जस्तो भए पनि समाज परिबर्तन नभए सम्म यही मर्ने धोको छ उनको ।१७ बर्षमा बैबाहिक बन्धनमा बाँधिए पनि दम्पत्य जीवनको शुखभोगबाट बन्चित  सिन्धुलीका हरिमाया कार्की (नाम परिबर्तन) १ छोरा बेबारिसे रहेछ।सामाजिक असन्तुलनमा बैबाहिक बन्धनमा बाँधिन पुगेकी तल्लो जातको भएर नै सानै उमेरको शिकार हुन पुगिन्।दैनिक घरायसी काममा ब्यस्त उनी बिदेशमा पनि महिला घरेलु हिंसा बड्दै गएकोमा चिन्ता गर्छिन्। स्वदेशी पीडा बोकेर बिदेशी पिडा बिर्सदै थिइन् उनी। छोरोको भबिष्य कोर्न बाध्य छिन् ,मरूभुमीमा। सामाजिक बिचार परिबर्तन नभए सम्म महिला हिंसा नरोकिने उनको भनाइ छ। महिला हितमा जबसम्म देशमा संबिधान बन्दैन, तब सम्म नारी सामन्तदास मनोवृत्ति बाट माथी उठ्न नसक्ने ठाडो जबाफ हामी माँझ तेर्साइन्। ताकी हामी एक छिन अलमल भयैां।
पारिवारीक हिंसाबाट पिडित सुखैारा,७ बाग्लुङ्का शर्मिला खत्री (नाम परिबर्तन) भर्खरै मात्र खाडी मुलुकमा पाइला टेकिन्। बिहान सबेरै उठ्दा आफु सुतेर छाडेको अोछ्यान हेर्दै १७ घन्टाको प्रतिक्षामा लड्न पाउने कुराले चिन्तित हुने बताइन्। दिन भरी काम गरेर थकाइ लाग्दा समेत एकछिन थकान भर्न नपाउने उनी उठ्ने बित्तिकै घर लिपपोत, घाँस दाउरा अनि बस्तु भाउ दैनिक उनको सहपाठी हुन्थे। भान्सामा सबै सगै खाना खादै गर्दा उ बाहिर भाँडा माझ्दै, जब खाँ भन्ने शब्दको उच्चारण हुन्थ्यो ,उ बुझ्थी कि सबैले खाइसकेछन्।सानै उमेरमा आमाको मायाबाट बन्चित शर्मिला झड्केलो आमा र सहोदर बाबुको मायाले कहिल्यै नमर्ने गुनको बदला दिएको बताइन्।यी त भए हाम्रा समाजमा घटेका बैदेशीक घटनाहरू एक अंश। यस्ता थुप्रै जल्दाबल्दा घटनाहरू जीबितै छन्,हाम्रा सामाजमा। किन हुन्छन् ? यस्ता घटनाहरू,महिला बिदेशिनुको मुख्य कारण के हो? "समाज" प्रश्न सहज छैन।
हामी नयाँ नेपालको परिकल्पना गरिरहेका छैां। तर समाजले अझै सम्म पुरातनबादी मकुन्डो त्याग्न सकेको छैन्। गरिबी, हिंसा र जातिय बिभेदको जाँतोमा दलिएर हजारैां महिलाहरू खाडीको मरूभुमिमा जोतिनु परेको छ। भारतको बेश्यालयमा चाहार्नु परेको छ।देश भित्रै कमलरी,भुमा तथा देबकी मात्र होइन जिउ बेचेर गाँसको जोहो गर्नु परेको इतिहास ताजै छ। पिडा पाउने हुदा खाने बर्गका र पिडकहरू हुने खाने बर्गका हुनु यसको ताजा उदारहण हो।नारी समानताको चर्चा प्रशस्त भए पनि ब्याबहारमा असमानता झेल्नु परेको तितो उदारहण छन्। बिपन्न सिमानतकृत एवं दलित महिलाहरू सबैभन्दा बढी हिंसाको शिकार बन्नु परेको ताजा बेलबारी घटना जिबितै छ।त्यसैले वर्गहिन समाजको कल्पना यूक्ति सगंत हुदैन। तथापि असन्तुलनको खाडल नपुरिएसम्म समाजले नयाँ कोल्टे फेर्न सक्दैन।हाम्रो समाज मध्ययूगीन सामन्तीदास मनोबृतिबाट माथी उठ्न सकेको छैन। जनस्तरमा चेतनाको बिकास भए पनि सामाजिक ब्याबस्थाका मालिकहरू समयको समानान्तरमा कुद्न सकेका छैनन् वा चाहेनन्। हिजो सामन्ती एकाधिकारबादी तथा बिभेदपुर्ण ब्याबस्थाले प्रकृतिहरूको फेर समात्दै परम्पराको निरन्तरमा घिस्रि रहेको छ हाम्रो समाज।
देश संक्रमणकालबाट गुज्रिरहदा नारी समानताको पक्षमा उठेका चर्को आवाज फोस्रो साबित भएका छन्। अन्तरिम संबिधानको धारा २०-३ मा कुनै महिला बिरूद्द शाररिक मानसिक वा कुनै हिंसाजन्य कार्य गरिने छैन। र यस्तो कार्य कानुनद्दारा दण्डनिय हुनेछ,भन्ने उल्लेख छ। महिला हिंसा नियन्त्रणको लागी बनेका धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय सन्धि सम्झैाताको पक्ष राष्ट्र बनिसकेको नेपालमा घरेलु हिंसा राष्ट्रिय एन समेत कार्यन्वयन  आइसकेको छ। तैपनि महिला अधिकारको कानुनि संरक्षण तथा सरकारी प्रतिबद्दताको चाङ्हरू एक पछी अर्को थुपिरिदै गए पनि महिला बिरूद्द हुने हिंसा रोकिएको छैन।महिला माथी हुने हिंसामा राज्यले शुन्य सहनशिलताको निति नअपनाउँनु नै महिला हिंसा बड्नुको प्रमुख कारण हो। महिलाको पक्षमा काम अनि उनीहरूलाइ हेर्ने समाजको दृष्ट्रिकोण परिबर्तन भए मात्र नारीहरू वास्तबिक स्वतन्त्र हुनेछन्।

शुभकामना

हाम्रा अतिनै  मिलनसार मित्र राज कुमार थापा एमाले को भात्त्री संगठन प्रबासी नेपाली मन्च कुबेतको  अध्यक्ष पदमा  निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बदाई तथा शुबकमाना व्यक्त गर्दछौ .. खाडी न्युज परिवार 


यूएईमा संघिय समाजबादी पार्टीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

त्रिलोचन कोइराला | दुबई - जातीय क्षेत्रीय बर्गीय लैगिक बिबेद अन्त्य नभएसम्म देशमा आमुल परिवर्तन हुदै सम्ब्रिधीसाली नेपाल बन्न नसक्ने संघिय समाजबादी पार्टीका प्रवास बिभाग संयोजक आङकाजी शेर्पाले एक अन्तरक्रिया कार्यक्रममा बताएका छन  ।

नेपाली संघीय समाज यूएईले संघिय समाजबादी पार्टी, नेपालका स्थाई समिती सदस्य तथा प्रबास संगठन संयोजक आङकाजी शेर्पा 'किसान'को प्रमुखआतित्यमा नेपालको वर्तमान राजनीतिक अवस्था र संघिय समाजबादी पार्टीको भूमिका बिषयमा यूएईमा छलफल गर्न आयोजित अन्तरक्रियात्मक कार्यक्रममा शेर्पाले शान्ति स्थापना हुनाका लागि बिबेद अन्त्य हुनुपर्छ, शान्ति स्थापना भएमा देश बिकाश हुन्छ देश बिकाश भएमा लाखै युवा शान्ति बिदेशिनु नपर्ने बताउदै शेर्पाले बिबेद्को अन्त्यले नै देश निर्माण मेरुदाण्ड रहेको बताए ।   

शेर्पाले एक अर्को प्रसंगमा १३ हजार शहिदहरुको वलिदानीले ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्न खोज्ने नेता र राजनीतिक दलको अस्तित्वलाई नेपाली जनताले समाप्त पर्ने बताए  ।
नेपाली कांग्रेश, एमाले, माओवादीको राजनीतिक एकाधिकारवादी सोचाइले नै देश यो संकटमा पुर्याएको आरोप लगाउदै अब नेपाली जनताले आगामी निर्वाचनमा तिनीहरुलाई बडारीदिने ढोकुवार गरे ।

पुर्ब राजा ज्ञानेन्द्रप्रति आक्रोसित देखिएका शेर्पाले यदि देशमा धार्मिक युद्ध रहेमा पहिलो शिकार ज्ञानेन्द्र  र उसको हिमाइती कमल थापा हुने बताउदै संघिय समाजबादी पार्टीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्वमा एक इन्च पनिपछी नहटने बताए ।

शेर्पाले माधवकुमार नेपालले अब जनमत संग्रहमा जानु पर्ने भन्ने प्रसंगलाइ दोश्रो संविधानसभाबाट पनि संविधान जारी नगर्ने र जनमत संग्रहमा जाने पहिचान संघीयता विरोधी एमाले र कांग्रेसले नयाँ षडयन्त्र शुरु गरेको बताउदै यदि हामी सचेत नहुने हो भने अब नेपाल सिक्किमिकारण हुने चेतावनी दिए । 

प्रमुख अतिथि रहेका शेर्पाले यूएईमा संघिय समाजबादी पार्टीमा प्रवेश गर्न चाहने तीनदर्जन युवा हरुलाई खादा पहिराएर पार्टीमा प्रवेश गराए ।  नब प्रबेसी मुन्क्षे राइले संघिय समाजबादी पार्टीले जनतालाई अधिकार सम्पन्न बनाउने नीति देखि प्रभाबित भएर यस पार्टीमा प्रवेश गरेको बताउदै अब हामी पार्टीका कार्यकर्ताले के गर्छन पार्टीको नीति अनुसार चल्चन चल्दैन भनेर मनिटर गर्नु पर्ने बताउदै राइले पार्टीलाइ जातीय दलको आरोपलाई हटाउन जनचेतना जगाउन अबस्येकता रहेको बताए ।

१९ औं अन्तरास्ट्रिय आधिबसी जनजाती दिबशको अबसरमा आधिबासी जनजाती महासंघ युएइको निमन्त्रणा अनुसार यूएई जनजाती महासंघका पुर्ब महासचिब समेत रहेका संघिय समाजबादी पार्टीका  प्रवास बिभाग संयोजक आङकाजी शेर्पा संग नेपाली संघीय समाज यूएईले अन्तर्क्रिया गरेको कार्यक्रम कृष्ण पौडेलको संचालन तथा अध्यक्ष भुवन राइको सभापतित्वमा अगस्ट ८ तारिक सम्पन भएको थियो ।

Friday, August 9, 2013

आदिवासी जनजाती महासंघ यु ए ई द्वारा श्री गोरे बहादुर खपांगीलाइ आर्थिक सहयोग

खाडी न्युज सम्बाददाता 
यु ए ई--शुक्रबार २ अगष्टका दिन जनजाती महासंघ यु ए ई को बैठक बसी   आदिबासी जनजातिका अग्रज श्री गोरे बहादुर खपांगी ज्युको स्वास्थ्य उपचारको लागि नेपाल आदिवासी जनजाती हासंघ यु ए ईले वहाको शिघ्र स्वस्थ लाभको कामना गर्दै रु ५५६९३/ श्री कुल प्रसाद पुन ज्यु को नाममा पठायको जानकारी गर्न चाहन्छु र यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण जनजाती मित्रहरु लगायतका यु ए ईमा क्रियासिल जनजाती सस्था तमु समाज,भुजेल समाज,मगर संघ ,कि या चु,किरात राइ,शेर्पा किदुक,तामांग समाज,ने वा पुचा,थारु प्रबासी लगायत का सम्पूर्ण सस्थाहरुलाई आभार ब्यक्त गर्दै धन्यवाद दिएको छ उक्त कार्यक्रम को सभापति गिरमान थापा मगरले गरेका थिए भने श्री गोरे बहादुर खपांगी ज्युको स्वास्थ्यको कामना गर्दै उक्त रकम हस्तान्तरण गरेको हो  

Eid Mubarak


Happy Eid Mubarak to all our viewers